ट्रम्पका सहयोगी गेट्जमाथि गम्भीर आरोप : कार्यालयभित्रै लागूऔषध सेवनदेखि नाबालिकको यौन शोषणसम्म

काठमाडौं । अमेरिकी राष्ट्रपति निर्वाचित डोनाल्ड ट्रम्पका सहयोगी म्याट गेट्स पदमा रहँदा कार्यालय समयमै लागू औषध र यौन गतिविधि गरेकोमा दोषी पाइएका छन् ।
अमेरिकी हाउस एथिक्स कमिटीको रिपोर्टमा म्याविरुद्ध पर्याप्त सबूत प्रमाण भेटिएको उल्लेख रहेको भन्दै बेलायती समाचार संस्था बीबीसीले समाचार लेखेको छ । म्याटले १७ वर्षीया किशोरीसँग यौन सम्बन्धराख्न रकम तिरेको र पदमा रहँदा अपैध ड्रग्स अर्थात् लागू औषध प्रयोग गरेको तथ्य जाँच कमिटीको रिपोर्टले खोलेको छ ।
जसमा भनिएको छ, ‘जो एक समय अमेरिकी नया विभागको नेतृत्व गरेका व्यक्ति डोनाल्ड ट्रम्प निकट थिए । उनले कयौँ राज्य कानूनका उल्लंघन गरेका छन् ।’
गेट्जले भने त्यस्तो आरोप अस्वीकार गरेका छन् भने, आफुविरुद्ध जाँचपड्ताल गर्नेहरु आफुलाई घृणा गर्नेहरु रहेको प्रतिक्रिया दिएका छन् । न्याय विभागले नाबालिकको यौन शोषण गरेको सन्दर्भमा जाँच गरेको जिकिर गरेपनि कुनै अपराधिक आरोप भने दर्ता नभएको बताइएको छ ।
गेट्जले गत नोभेम्बरमा फ्लोरिडा कंग्रेसबाट राजीनामा दिएका थिए । पछिल्लो समय ट्रम्पले उनलाई महान्यायाधिवक्ताका लागि प्रस्तावित गरेकामा डेमोक्रेटिक र रिपब्लिकन दुबैतर्फबाट विरोध आएपछि पछि हट्नु परेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सक्षम नागरिक उत्पादनको जग नै कमजोर
-
नेपाल बीमा प्राधिकरणका नवनियुक्त अध्यक्ष ओझाद्वारा शपथ ग्रहण
-
उड्डयन प्राधिकरण सम्बन्धी संसदमा पेस, सेवा प्रदायक र नियामक फरक बनाइने
-
‘०८४ मा बहुमत पुर्याउँछौँ, अकुत सम्पत्तिमा बेहोस भएकाहरूलाई ब्युँझाउँछौँ’
-
आईसीसी च्याम्पियन्स ट्रफी क्रिकेट : आयोजक हुँदा भारत र दक्षिण अफ्रिका पनि बाहिरिएका थिए समूहगत चरणबाटै
-
सुशासन र विकासका लागि वर्तमान सरकार बनेको हो : प्रधानमन्त्री ओली