नेपाली विद्यार्थीलाई चीनमा सरकारी छात्रवृत्तिको अवसर, खुल्यो दरखास्त
काठमाडौं । सरकारले चीनको सरकारी छात्रवृत्तिका लागि नेपाली विद्यार्थी तथा अध्येयताबाट दरखास्त मागेको छ । सन् २०२५–०३६ का लागि चीन सरकारद्वारा नेपाललाई प्राप्त स्नातक तह, स्नातकोत्तर तह र विद्यावारिधि (पीएचडी)तहको छात्रवृत्तिमा अध्ययन गर्न इच्छुक व्यक्तिहरुबाट दरखास्त माग गरिएको हो ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, छात्रवृत्ति शाखा सानोठिमीले सार्वजनिक सूचना प्रकाशित गरेर विविभिन्न विषयमा आवेदन माग गरेको हो । कृषि, बन, भेटेरीनरी, सूचनाप्रविधि, इन्जिनियरिङ, सामाजिक विज्ञान, शिक्षा, व्यवस्थापन र संस्कृति संरक्षणको क्षेत्र तथा विषयमा स्नातक, स्नातकोत्तर र विद्यावारिधितहको छुट्टा छुट्टै संख्यामा दरखास्त माग गरिएको छ ।
स्नातकोत्तर तहका लागि न्यूनतम योग्यता त्रिभुवन विश्वविद्यालयले पछिल्लो पटक सञ्चालन गरेको स्नातकोत्तर तहको सम्बन्धित विषयको प्रवेश परीक्षामा सहभागी भई उत्तीर्ण भएको हुनुपर्नेछ । यस सम्बन्धि थप जानकारी क्याम्पसचाइना डट ओआरजीमा हेर्न सकिने भनिएको छ । स्नातकोत्तर तहमा सिटसंख्या २७ तोकिएको छ भने दरखास्त दिने अन्तिम मिति यहि पुस २८ सम्म भनिएको छ ।
यस्तै, विद्यावारिधि तहमा कुल निर्धारित सिट संख्या ४० राखिएको छ । जसका लागि कुनै पनि विश्वविद्यालयबाट आफुले अध्ययन गर्न चाहेको विषय क्षेत्रमा स्नातक तह उत्तिर्ण भएको हुनु पर्ने र ४० वर्ष पूरा नभएको हुनु पर्नेछ ।
हेरौँ सूचना
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जग्गाको सदुपयोग गर्ने प्रमुख माध्यम बन्दै किबीखेती, बागलुङमा उत्पादन, बुटबलमा खपत
-
सुनकोशीस्थित फोक्सिङटारमा अस्थायी बेलिब्रिज जडान सुरु
-
आज सातै प्रदेशमा वर्षाको सम्भावना, चिसो थप बढ्ने
-
प्रदेश राजधानीका स्थायी संरचना कहाँ बनाउने ? २० बिघा जग्गा आवश्यक पर्ने
-
सद्भाव थिएटरमा विजय मल्लको नाटक 'कोही किन बरबाद होस्' मञ्चन सुरु
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल