इसेवा वालेटमा समस्या, भएको के हो ?
सोमबार, ०८ पुस २०८१, २० : ५७
![इसेवा वालेटमा समस्या, भएको के हो ?](https://rpcdn.ratopati.com/media/albums/esewa_rEODU9sRcp.jpg)
वालेट कम्पनी इसेवामा समस्या देखिएको छ । सोमबार अपराह्नदेखि इसेवामा रकम लोड नहुने तथा एक अकाउन्टबाट अर्को अकाउन्टमा रकम नजाने जस्ता समस्या देखिएको छ ।
यसैबिच इसेवाले एक सूचनामार्फत प्राविधिक कठिनाइका कारण इसेवाका सेवाहरु केही समयका लागि अस्थायी रुपमा अवरुद्ध भएको जनाएकाे छ ।
आफ्नो प्राविधिक टोली चाँडोभन्दा चाँडो समस्याको समाधानमा सक्रियतापूर्वक लागिरहेको सूचनामा उल्लेख छ ।
कम्पनीले यसबाट पर्न जाने असुविधाका लागि ग्राहकवर्गसँग माफी मागेको छ ।
अपडेट: यसैबीच इसेवाले प्राविधिक समस्या पूर्णरुपमा समाधान गरिएको जानकारी गराएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रतिपक्षी दलद्वारा संसद् अवरोध
-
सुरु भएको हो त रुस–युक्रेन युद्ध रोक्ने तयारी ?
-
जंगली जनावरहरू गाउँबस्तीमा छिर्दा नागरिकहरूलाई सुरक्षा खतरा भयो : अञ्जनी श्रेष्ठ
-
सांसद पराजुलीको प्रश्न– निरङ्कुशताविरुद्ध लडेको इतिहास बोकेका दलहरू किन निरङ्कुश बन्दैछन् ?
-
इसेवाको पैसा एनआईसी एशिया बैंकको एटीएमबाट निकाल्न मिल्ने, यस्तो छ प्रक्रिया
-
इसेवा वालेटमा रहेको पैसा एनआईसी एशिया बैंकको एटीएमबाट निकाल्न मिल्ने