सरकारले कर आतंक मच्चायो, संघर्षको विकल्प छैन : साह

काठमाडौँ । आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले सरकारको मनोमानी कर प्रणालीले मुलुकको उद्योग, व्यापार ध्वस्त हुँदै गइरहेको टिप्पणी गरेका छन् । तीन तहको सरकारको मनोमानी कर आतंक गलत रहेको भन्दै उनले विरोध गरे ।
काठमाडौँको कोटेश्वरस्थित आजपाको केन्द्रीय कार्यालयमा सोमबार आम विद्यार्थी मोर्चाको काठमाडौँ उपत्यका विशेष कमिटीको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष साहले सरकारको मनोमानी करको विरुद्धमा सडक संघर्षको विकल्प नभएको बताए ।
‘सरकार लुटतन्त्रमा व्यस्त छ । जहाँबाट हुन्छ लुट्ने धन्दामा लागेको छ । सरकारले उद्योगी, व्यापारी, सर्वसाधारणलाई लुटिरहेको छ । राज्यको ढुकुटी सिध्याइसकेको सरकार अहिले विदेशीसँग ऋण लिएर त्यसमा पनि लुट्ने काम गरिरहेको छ । नेपाली जनतालाई ऋणको भारी बोकाएर राज्यको ढुकुटी लुटिरहेको सरकारले मनोमानी कर लगाएको छ । हरेक क्षेत्रमा मनोमानी करले सबै क्षेत्र तहसनहस भएको छ । सर्वसाधारणले जीवन जिउन कठिन भइरहेको छ । तर सरकारले करमाथि कर लगाएर नेपाली जनताको ढाड सेक्ने काम गरिरहेको छ,’ आजपा अध्यक्ष साहले भने ।
सरकारको मनोमानी कर आंकत, लतन्त्रको विकल्प नेपाली जनताले खोजिरहेको बताउँदै उनले वैदेशिक रोजगारीमा भइरहेको ठगी धन्दाको विरुद्धमा अब सडक आन्दोलनको विकल्प नभएको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रतिनिधिसभा बैठक बस्दै, प्रचण्डले सम्बोधन गर्ने
-
पोखरा–मुग्लिन सडकको पश्चिमतर्फ ४३ प्रतिशत भौतिक प्रगति
-
अमेरिकी डलरको मूल्य बढ्यो, यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
-
मङ्गलबार कसलाई कति लाभ ? हेरौँ राशिफल
-
स्पेनिस ला लिगामा इस्पानियोल र गिरोनाले बराबरी खेले
-
देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव, यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना