समाचार
निकोलस भुसालविरुद्ध म्याद थप गर्न अदालतद्वारा अस्वीकार
सोमबार, ०८ पुस २०८१, १९ : ४१
![निकोलस भुसालविरुद्ध म्याद थप गर्न अदालतद्वारा अस्वीकार](https://npcdn.ratopati.com/media/news/rabi-viral_Y0BKRB8aiA.jpg)
काठमाडौँ । कास्की जिल्ला अदालतले अभियन्ता निकोलस भुसालविरुद्ध म्याद थप गर्न अस्वीकार गरेको छ ।
कास्की प्रहरीले उनलाई म्याद थपका लागि सोमबार अदालतमा उपस्थित गराए पनि न्यायाधीश नवराज दाहालको इजलासले म्याद थप गर्न अस्वीकार गरेको हो । अदालतले हिरासत बाहिरै राखेर उनीमाथि अनुसन्धान गर्न आदेश दिएसँगै भुसाललाई छाडिएको कास्की प्रहरीका एक अधिकृतले जानकारी दिए ।
रास्वपाका सभापति रवि लामिछाने कास्की प्रहरीको हिरासतमा सुतिरहेको फोटो सार्वजनिक गरेको आरोपमा उनी आइतबार काठमाडौँबाट पक्राउ परेका थिए । काठमाडौँबाट उनलाई सोमबार पोखरा लगिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जातीय विभेदविरुद्ध ठोस कानुन बनाउन माग
-
बालेन शाहलाई अमरेशको चुनौती : हिम्मत भए बालुवाटार र शीतल निवास भत्काएर देखाऊ
-
नेपालमा सुशासन र भ्रष्टाचारको अवस्था
-
फ्रान्स र अमेरिका भ्रमणमा निस्किए मोदी
-
बर्खामा यातायात सहज बनाउन बीपी राजमार्ग दोस्रो चरणको पुनर्निर्माण गरिँदै
-
अमेरिकाको आप्रवासी नीति र यूएसएड कटौतीमा पोपको सहयोगीले गरे चिन्ता