एमपक्स सङ्क्रमण पुष्टि भएका बिरामीको अवस्था कस्तो छ ?

काठमाडौँ । नेपाली नागरिकमा पहिलो पटक एमपक्स सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । साउदी अरबबाट बिहीबार नेपाल फर्केका एक पुरुषलाई शुक्रबार (पुस ५ गते) एमपक्स पुष्टि भएको मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले बताए । हालै एकपक्स सङ्क्रमण भएका पुरुषको उपचार काठमाडौँको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा भइरहेको छ ।
उनको अवस्था सामान्य रहेको उपचारमा संलग्न छाला तथा यौनरोग विशेषज्ञ डा. शिवेन्द्र कुमार झाले बताए । ‘शुक्रवार मात्रै पत्ता लगायौँ, उहाँ भर्ना भइ उपचाररत हुनु हुन्छ । उहाँको अवस्था सामान्य नै छ,’ उनले भने, ‘उहाँ भर्ना हुन आउँदा धेरै घाउ थियो । शरीरको ५० भन्दा बढी भागमा घाउ देखिएको थियो । हातमा, पैतलामा, टाउकोमा, गुप्तअंगहरुमा घाउ देखिएको थियो । बिस्तारै सुधार हुने क्रममा छ ।’
डा. झाका अनुसार एमपक्स भनेर उपचार नभएपनि यसमा ‘सर्पोटिभ कियर’ गर्न सकिने बताए । ‘यसमा स्याहार सुसारको कुरा आउँछ । त्यसमा जोड दिएका छौँ,’उनले भने,‘खानपिन, छाला स्याहारमा जोड दिएका छौँ । तत्काल उहाँलाई डिस्चर्ज गरिँदैन ।’
एमपक्स लागेको निको हुन मोटामोटी समय २१ दिनसम्म लाग्छ तर बिरामीको अवस्था अनुसार कति समय लाग्छ भन्ने यकिन भन्न नसकिने उनले रातोपाटीलाई बताए । ‘घाउमा भएको पप्रा निस्काने भएसी मात्रै डिस्चर्ज गरिन्छ,’ उनी भन्छन्, ‘उहाँलाई कतिसम्म समय लाग्छ यो हेर्नै पर्छ ।’
ती पुरुष विगत १० देखि ११ वर्ष साउदी अरब बस्दै आएका छन् । उनलाई एमपक्सको शंका लागेपछि नेपालमा उपचारका लागि आएको डा. झाको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मन्त्रिपरिषद्को आह्वानपछि शिक्षक महासंघले के भन्यो ?
-
शिक्षकहरुलाई विद्यालय फर्कन सरकारको आह्वान
-
वैशाख १२ गते संघीय संसदको बजेट अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस
-
मोटरसाइकलको ठक्करबाट ६० वर्षीय पुष्प दासको मृत्यु, ३० वर्षीय दुरेन पक्राउ
-
सामाजिक सद्भाव बिथोल्ने सामग्री सम्प्रेषण नगर्न अनुरोध
-
१० बजे १० समाचार : मधेसमा कमिसनको चक्कर, भाटभटेनी लुटपाट गर्नेहरू छुट्दै