लागु औषध कारोबार गरिरहेका दुई महिला पक्राउ
सोमबार, ०८ पुस २०८१, १८ : ५५

सुर्खेत । सुर्खेत प्रहरीले वीरेन्द्रनगरबाट लागु औषध कारोबारी दुई जना महिलालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बाँकेको नेपालगञ्ज घर भई वीरेन्द्रनगर नगरपालिका–६ बस्ने २९ वर्षीया चन्दा राई र नेपालगञ्ज नै घर भएकी वीरेन्द्रनगर नगरपालिका–१० बस्ने २४ वर्षीया चाँदनी राई रहेका छन् ।
उनीहरुलाई वीरेन्द्रनगरस्थित रङ्गशाला नजिकैबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता, प्रहरी नायव उपरीक्षक विरेन्द्रविर विश्वकर्माले बताए ।
उनीहरुले त्यहाँ लुकिछुपी लागु औषध कारोबार गरिरहेको गोप्य सूचनाका आधारमा छापा हानेको थियो ।
उनीहरूबाट ९ ग्राम २१० मिलिग्राम लागु औषध फेला परेको उनले बताए । अहिले उनीहरूमाथि थप अनुसन्धान भइरहेको विश्वकर्माले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतको रक्सौलबाट ८ जना नेपाली किशोरको उद्धार
-
सर्वोच्चमा मनाङेका दुई घण्टाः ‘मुद्दा हेर्न नमिल्नेले गोला किन तान्नु ?’
-
बागमतीमा आयोजना बैङ्क सञ्चालनका लागि मन्त्रालयलाई अभिमुखीकरण तालिम
-
चुरे तराई जनसांगीतिक अभियानः चुरे फेदीमा नाच्दै, गाउँदै माओवादी
-
चिकित्सकको आन्दोलन : शुक्रबार आकस्मिक बाहेक सबै सेवा ठप्प पार्ने
-
रातोपाटीकर्मी तेजेन्द्र केसीलाई १ लाख नगदसहित उत्कृष्ट पत्रकारिता पुरस्कार