लुम्बिनी सभाको अधिवेशन आह्वानका लागि सिफारिस
सोमबार, ०८ पुस २०८१, १८ : ४९

रुपन्देही । लुम्बिनी प्रदेश सरकारले प्रदेश सभाको पाँचौँ अधिवेशन आह्वानका लागि प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।
मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा सोमबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले आगामी पुस १६ गते दिउँसो २ बजे प्रदेश सभाको पाँचौँ अधिवेशन आह्वानका लागि प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थीले जानकारी दिए।
भदौ ३१ गते चौथो अधिवेशन अन्त्य भएको थियो । साढे तीन महिनापछि पाँचौँ अधिवेशनको बैठक बस्न लागेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज यी तीन ठाउँको तापक्रम ३० डिग्रीसम्म पुग्ने अनुमान
-
त्रिशूलीमा हराइरहेका भारतीय सैनिकको शव १० दिनपछि फेला
-
बीपी राजमार्ग पुनर्निर्माणमा सहयोग गर्न जापान सकारात्मक
-
कांग्रेसमा ४० वर्ष मुनिका युवाहरूको सहभागिता सुनिश्चित गर्न माग
-
आशा र निराशाका बिचमा युद्धग्रस्त गाउँहरूमा फर्किए लेबनानी
-
सेनाले नेपालमा देखेको सुरक्षा थ्रेट गम्भीर : सापकोटा