समाचार
प्रहरी निरीक्षक बिनु शाहीसँग ५ लाख धरौटी माग
सोमबार, ०८ पुस २०८१, १८ : ३९
![प्रहरी निरीक्षक बिनु शाहीसँग ५ लाख धरौटी माग](https://npcdn.ratopati.com/media/news/binu_y03ytttwuz_kHAL0E3tir.webp)
काठमाडौँ । नेपाल प्रहरीकी निलम्बित प्रहरी निरीक्षक बिनु शाहीसँग ५ लाख धरौटी माग गरिएको छ । ललितपुर जिल्ला अदालतले सोमबार ५ लाख धरौटी माग गरेको हो ।
आपराधिक लाभ सम्बन्धी कसुरमा थुनछेक बहसपछि अदालतले उनीसँग धरौटी माग गरेको छ । भैंसेपाटीमा घरजग्गा कारोबारीलाई हनिट्रयापमा पारेर रकम असुलेको घटनामा उनलाई प्रतिवादी कायम गरेर प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले मुद्दा दायर गरेको थियो ।
व्यवसायीलाई ‘बलात्कार मुद्दामा फसाउँछौँ’ भन्दै हनिट्रयापमा पारेर रकम असुलेको आरोपमा भैंसेपाटी प्रभागमा कार्यरत सहायक हवल्दार महेन्द्र हमाल, सुस्मा बिक र इटहरी घर भएका ताज मूल इस्लाम र भिमादेवी थापासहित ६ जनाविरुद्ध सीआईबीले मुद्दा दायर गरेको थियो । घरजग्गा कारोबारीबाट सो समूहले ३० लाख असुलेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकाको आप्रवासी नीति र यूएसएड कटौतीमा पोपको सहयोगीले गरे चिन्ता
-
९० हजार मेट्रिक टन गहुँ आयात गर्न ५८ कम्पनीको आवेदन
-
सामाजिक सञ्जाल सम्बन्धी विधेयक हुबहु पारित हुँदैन : महामन्त्री थापा
-
अख्तियारले भ्रष्टाचारमा संलग्न ठुला माछाहरू पक्राउ गर्नुपर्छ : देवकोटा
-
चिसापानी–गड्डा चौकी सडकखण्ड ६ लेनको बन्छ : परराष्ट्रमन्त्री
-
प्रहरी जवानलाई कुटपिट गर्ने चार युवक पक्राउ