शेखरको टिप्पणी– सभापतिकै कारण पार्टीमा विचलन छ‚ चुप लागेर बस्न सकिएन

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले पार्टी सभापति शेरबहादुर देउवानै गुटिय राजनीतिको प्रवर्धक भएको बताएका छन् । कृष्णप्रसाद भट्टराईको १०१ औं जन्मजयन्तीको अवसरमा सोमबार काठमाडौँमा भएको कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् ।
नेता कोइरालाले सभापति देउवा सन्त नेता किसुनजीको अनुयायी रहे पनि ६०–४० को भागवण्डाको सुरुवातकर्ता भएको बताए ।
‘अहिलेको आदरणीय सभापति किसुनजीको अनुयायी हो । गुटलाई फस्टाइदिने काम नै उहाँले गरिसकेपछि अनि अप्ठ्यारो परिस्थिति सिर्जना हुँदो रहेछ‚’ उनले भने ।
नेता कोइरालाले पार्टीभित्र विचलन रहेको पनि स्वीकार गरे । आफूमाथि उठेका प्रश्नको जवाफ दिँदै उनले चुप लागेर बस्दा सभापति देउवाले पेलेको गुनासो गरे ।
‘अघि राजेशजीले भन्नुभयो, शेखरजी पनि अब त भागबण्डामा लागि सक्नुभयो भनेर । ४०–६० को भागबण्डा भनेर भन्नुभयो,’ कोइरालाले सो अवसरमा भने, ‘मैले पहिला भनेकै हो । तर भागबण्डा भनेर चुप लागेर बस्ने त होइन नि । सभापतिजीले केही पनि सुन्दै नसुन्ने हो भने त अप्ठ्यारोमा पर्छ । राजनीति गर्नेहरूलाई अप्ठ्यारो पर्छ । यो हामीले बुझ्न जरुरी छ ।’
उनले अहिले जसरी देशको राजनीतिक परिस्थिति अगाडि बढेको छ‚ त्यो राजनीतिक परिस्थिति किसुनजीहरू भएको भए के गर्नुहुन्थ्यो भन्ने आफूलाई अनुभूति हुने गरेको उल्लेख गरे ।
आयोजक सन्त नेता कृष्णप्रसाद भट्टराई केन्द्रका अध्यक्ष लोकेश ढकालले दिएको जानकारी अनुसार कार्यक्रममा प्राडा रमेश कुमार ढुङ्गेल र प्राडा राजेश गौतमले विचार राखेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पत्रकार सुरेश रजकको अन्तिम बिदाइ, तस्बिरहरू
-
जल्दै गरेको अवस्थामा उद्धार गरिएकी किशोरीको मृत्यु
-
तीनकुने घटनामा संलग्न थप ७ जना पक्राउ
-
‘राज्यले पटक पटक धोका दियो, अब जितिन्छ कि बितिन्छ भन्दै आन्दोलनमा उत्रियौँ’
-
आरआर क्याम्पसमा स्ववियु निर्वाचनको माग गर्दै अदालतमा मुद्दा दायर
-
बुटवलको कृषि उपजका सटर टेन्डर तत्काल खोल्न व्यवसायीको माग