सरकारको तीन बुँदे ट्राभल एडभाइजरी : थाइल्याण्ड र कम्बोडियासहितका देशमा जाँदा सावधानी अपनाउनू
काठमाडौँ । म्यान्मार, थाइल्याण्ड, कम्बोडिया, लाओस लगायतका देशमा जान चाहनेहरुका लागि सरकारले तीन बुँदे ट्राभल एडभाइजरी जारी गरेको छ ।
परराष्ट्र मन्त्रालयले सोमबार यात्रासम्बन्धी सूचना ( ट्राभल एडभाइजरी) जारी गर्दै ती मुलुकहरुमा जान चाहने वा जाने तयारीमा रहेका नेपाली नागरिकहरुलाई सावधानी अपनाउन अपिल गरेको छ ।
मानव बेचबिखन एवं अन्य आपराधिक गतिविधिहरूमा संलग्न गिरोहहरूले नेपाली नागरिकहरूलाई कम्बोडिया, लाओस र म्यानमारमा लगी जबरजस्ती अवैध कार्यहरूमा लगाउने, रोजगारदाताले राहदानी खोसिदिने, १२-१३ घण्टासम्म काममा लगाउने, चरम यातना दिने, तलब नदिने लगायतका समस्याहरू रहेको जानकारी प्राप्त भएको मन्त्रालयले जनाएको छ । मन्त्रालयले उद्धारका लागि नेपाली राजदूतावास याङ्गुन र बैंककमा आवेदन गर्ने नेपालीहरुको संख्यामा उल्लेखनीय रुपमा बढोत्तरी भइरहेको भन्दै गम्भीर ध्यानाकर्षण भएको समेत उल्लेख गरेको छ।
वैदेशिक रोजगारीमा लगाइदिने वा यस्तै प्रकृतिका अन्य प्रलोभनमा पारी ठुलो रकम लिई कुनै व्यक्तिलाई विदेशमा पुर्याई अलपत्र पार्ने एवं नेपाल सरकारको प्रचलित कानुन बमोजिम निषेध गरिएका कार्यहरूमा संलग्न हुने वा यसखाले क्रियाकलाप गर्ने / गराउने कार्य कानुन बमोजिम दण्डनीय भएको उल्लेख गर्दै मन्त्रालयले यस्ता गैरकानूनी कार्यहरु नगर्न/नगराउन र यसतर्फ सचेत रहन सम्बन्धित सबैमा हार्दिक अनुरोध समेत गरेको छ ।
३ बुँदे ट्राभल एडभाइजरी यस्तो छ-
१. अनलाइन जुवा, कल सेन्टर - फ्रड, क्रिप्टो करेन्सी ठगी आदिमा संलग्न शंकास्पद आईटी फर्महरूले बैंककमा रोजगारीका अवसरहरूको प्रलोभन देखाई युवाहरूलाई ठगी गरिरहेको र पीडितहरूलाई गैरकानुनी रूपमा बैंकक हुँदै कम्बोडिया, लाओस र म्यानमार ल्याई बन्दी बनाएर काम गर्न लगाइएको पाइएको एवं थाइल्याण्ड र म्यानमारमा रोजगारीका विज्ञापनहरू प्रायः सामाजिक सञ्जाल प्लेटफर्महरू मार्फत विभिन्न स्थानका एजेन्टहरूद्वारा प्रस्तावित हुने भएकोले त्यस्ता सामाजिक सञ्जाल प्लेटफर्म वा अन्य श्रोतहरूमा प्रचार गरिएका नक्कली जागिरको प्रलोभनमा नपर्न हुन,
२. वैदेशिक रोजगारमा जाने प्रयोजनका लागि भिजिट भिसामा यात्रा नगर्न हुन र रोजगारीको प्रस्ताव स्वीकार गर्नु अघि विदेशस्थित सम्बन्धित नेपाली नियोगमार्फत विदेशी फर्म/कम्पनी/ रोजगारदाताहरूको बारेमा पर्याप्त जानकारी लिन तथा व्यक्तिगत रुपमा ती फर्म/कम्पनी/रोजगारदाताहरूको वेवसाइट चेकजाँच गर्नुहुन ।
३. उल्लिखित विषयहरु लगायतका सम्बन्धमा कुनै जानकारी लिनु परेमा नेपाली राजदूतावास, याङ्गुनका द्वितीय सचिव श्री गंगा सुन्दास (इमेल [email protected]/[email protected];टेलिफोन नम्बर +95-01-9545880/01- 9557168 र Hotline/Viber/Whatsapp No. +959251242051 / फेसबुक पेज Embassy of Nepal Yangon Myanmar) तथा नेपाली राजदूतावास, बैंककका प्रथम सचिव श्री खगराज पाण्डे (इमेल [email protected]/ [email protected]: टेलिफोन नम्बर +66869915554 (Whatsapp) लाई सम्पर्क गर्न हुन ।
mofa.gov.np
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : डीपी बने रास्वपाको कार्यवाहक सभापति, रविको सांसद पद निलम्बित
-
विराटनगर- १२ का वडाअध्यक्ष कामत पक्राउ
-
प्रगति विवरण पेस गर्न खानेपानी मन्त्री यादवद्वारा निर्देशन
-
राम माधवलाई मात्र भेटेर दिल्लीबाट फर्किइन् परराष्ट्रमन्त्री आरजु
-
केही नेपाल ऐनको दफा ६४ फिर्ता लिने सरकारको निर्णयमा विप्लवले जनाए आपत्ति
-
रास्वपालक्षित कानुनमन्त्रीको टिप्पणी– सडक र सामाजिक सञ्जालबाट न्यायालय प्रभावित पार्न खोजियो