भन्सालीको फिल्ममा ओरी

नयाँ दिल्ली । बलिउडका चर्चित निर्देशक सञ्जय लीला भन्सालीको ‘लभ एन्ड वार’ फिल्म हलमा गएर हेर्न दर्शकहरूले व्यग्र प्रतीक्षा गरिरहेका छन् । रणवीर कपूर, आलिया भट्ट र विकी कौशलको शीर्ष भूमिका रहेको फिल्ममा अर्को रोचक नाम पनि थपिएको छ ।
इन्डिया टुडेका अनुसार यो फिल्ममा सोसल मिडिया सेन्सेसन ओरी पनि देखिने छन् । ओरी सामाजिक सञ्जालमा निकै लोकप्रिय छन् । सेलिब्रेटीसँग फोटो खिच्दै गरेको अवस्थामा उनको तस्बिर र भिडियोहरू आइरहेका हुन्छन् । पछिल्लो खबरलाई पत्याउने हो भने उनी भन्सालीको फिल्मको हिस्सा बन्ने छन् ।
फिल्ममा ओरीले समलैंगिक पात्रको भूमिका निर्वाह गर्नेछन् । यो पात्र आलियाको नजिकको साथी हुने बताइएको । फिल्ममा आलिया क्याबरे डान्सरको भूमिकामा देखिनेछिन् । आलियाले यो पात्रका लागि निकै तयारी गरेकी छिन् । फिल्ममा रणवीर कपुर र विक्की कौशलले भारतीय सशस्त्र बलका अधिकारीको भूमिका निभाएका छन् । फिल्मलाई २०२६ को मार्चमा २० मा रिलिज गर्ने तयारीमा मेकरहरू छन् ।
क्यामियो भूमिकामा दीपिका
फिल्ममा दीपिका पादुकोण पनि क्यामियो भूमिकामा देखिनेछिन् । तर उनले खेल्ने पात्रबारे धेरै जानकारी बाहिर आएको छैन । दीपिका र भन्सालीले धेरै फिल्ममा सँगै काम गरिसकेका छन् । यसअघि उनीहरूले ‘गोलियों की रासलीला राम–लीला’, ‘बाजीराव मस्तानी’ र ‘पद्मावत’ जस्ता चर्चित फिल्ममा सँगै काम गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाटन क्याम्पसमा तत्काल स्ववियु निर्वाचन गर्न अदालतकाे आदेश
-
उपाध्यक्षलाई नदिएर वडाध्यक्षलाई कार्यवाहकको जिम्मेवारी
-
नबिल बैंकले ल्यायो ‘नबिल दिगो बचत खाता’
-
चक्रपथको दोस्रो खण्डअन्तर्गत कलंकी–महाराजगञ्ज विस्तार गर्न चिनियाँ टोली आउँदै
-
शिक्षकका मागबारे सम्बन्धित मन्त्री र सचिवसँग प्रधानमन्त्रीले गरे छलफल
-
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित उडान माग