ऋषिकेशको बचाउमा उत्रिए गोकुल बास्कोटा
![ऋषिकेशको बचाउमा उत्रिए गोकुल बास्कोटा](https://npcdn.ratopati.com/media/news/gokul-baskota_pgXy7YXmHn.jpg)
काठमाडौँ । नेकपा एमालेका सांसद गोकुल बास्कोटाले सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेलको बचाउमा उत्रिएका छन् । सोमबार बसेको समितिको बैठकमा बोल्दै उनले परिवार सहकारीमा जोडियो भन्दैमा पोखरेलमाथि नै हमला नगर्न सुझाव दिएका हुन् ।
सांसद बास्कोटाले भने, उहाँको परिवारको नाम आयो भने अपराधिनै सभापति हो भनेजस्तो सभापतिलाई हमला नगरौँ भन्ने मेरो सुझाव हो । आरोप लाग्दैमा राजीनामा किन ? तनावको कुरा भएन तथ्य र सत्यले पुष्टि गर्छ भने राजीनामा गर्नुपर्छ । प्रतिशोध र पूर्वाग्रह कानुनी राजको गुण हैन, कानुन अन्तिम सत्य हो ।
गोपी कृष्णको जसरी राजीनामाको रटान नलगाउन आग्रह गर्दै उनले आरोप नलागेको को छ भन्दै प्रश्न गरे । उनले भने, यहाँ सरकारमा नगएको को छ ? यहाँ आरोप नलागेको को छ ? आरोप लाग्यो भनेर सरकारमा नगएको को छ ?
एमालेका सांसद समेत रहेका सभापति पोखरेलकी पत्नी अञ्जला कोइरालासहित २६ जनाविरुद्ध मोरङको धनपालथान गाउँपालिका–३ स्थित उमागौरी कृषि सहकारी संस्थाको रकम अपचलनमा संलग्न आरोपमा मुद्दा दायर गरिएको छ ।
‘सभापतिको हकमा कुरा उठ्यो । प्रहरी पस्यो प्रतिवेदन तयार भयो, अदालत प्रवेश गर्यो, अब अदालती प्रक्रियाबाट आउने निर्णय मानिन्छ,’ सांसद बास्कोटाले भने,‘बिचार ठुलो हैन अदालती निर्णय ठुलो हो । एमालेको कुरा जसको बारे उठेको छ उसले कानुन स्वीकार गर्न हिचकिचाउँदैन । कानुनी राज्य ठुलो हो ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बालेन शाहलाई अमरेशको चुनौती : हिम्मत भए बालुवाटार र शीतल निवास भत्काएर देखाऊ
-
फ्रान्स र अमेरिका भ्रमणमा निस्किए मोदी
-
बर्खामा यातायात सहज बनाउन बीपी राजमार्ग दोस्रो चरणको पुनर्निर्माण गरिँदै
-
अमेरिकाको आप्रवासी नीति र यूएसएड कटौतीमा पोपको सहयोगीले गरे चिन्ता
-
९० हजार मेट्रिक टन गहुँ आयात गर्न ५८ कम्पनीको आवेदन
-
सामाजिक सञ्जाल सम्बन्धी विधेयक हुबहु पारित हुँदैन : महामन्त्री थापा