हरिवंशले गरे पार्श्व गायनमा कमब्याक

काठमाडौंँ । वरिष्ठ हास्यकलाकार, अभिनेता हरिवंश आचार्यले फिल्मको पार्श्व गायनमा कमब्याक गरेका छन् । उनले ८ वर्षपछि पार्श्व गायनमा कमब्याक गरेका हुन् ।
अर्जुन सुवेदीको निर्देशनमा बन्न लागेको फिल्म ‘सोल्टिनी’ को एक गीतमा उनले आइतबार आफ्नो स्वरमा रेकर्ड गराएका छन् । गीतमा हर्कुलस बस्नेतको संगीत रहेको छ ।
पछिल्लो समय आचार्यले सन् २०१६ मा रिलिज भएको फिल्म ‘जात्रा’ का लागि ‘नोट नोट’ गीत उनले गायका थिए । हुन त आचार्यको स्वरमा वर्षमा एक दुई गीत सार्वजनिक हुने गर्छ । फिल्मका लागि भने उनी ८ वर्षपछि गायक हुन् लागेका हुन् ।
आचार्यले गाएको गीतलाई फिल्ममा कथावाचनको रुपमा प्रयोग गरिने निर्माण युनिटले जनाएको छ । पुस अन्तिमबाट छायांकनमा जाने तयारीमा रहेको फिल्ममा प्रकाश सपूत, परीक्षा लिम्बू, विल्सन विक्रम राई, सब्बु गुरुङ, रवीन्द्र झा, प्रकाश घिमिरे, प्रेम सुब्बा, कविता आले, सुजन खतिवडा लगायतको अभिनय रहनेछ ।
प्लानेट थ्री फिल्मसको प्रस्तुति तथा नेपसिने र योलो इन्टरटेन्मेन्टको सहकार्यमा निर्माण हुने फिल्मको स्क्रिप्ट अर्जुन सुवेदी र कुमार भट्टराईले मिलेर लेखेका हुन् । फिल्मलाई २०८२ साल असोज ३ गते, संविधान दिवसको दिन रिलिज गरिने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
किसानको बक्यौता भुक्तानी गर्न दुग्ध उत्पादक सहकारीको आग्रह
-
घर सजाउने सौखले रोपेको फूल बन्यो आम्दानीको स्रोत
-
१२ बजे, १२ समाचार : ताप्लेजुङमा हट्यो निषेधाज्ञादेखि प्रकृति लम्साल मृत्यु प्रकरणको थप जानकारीसम्म
-
हट्यो ताप्लेजुङमा जारी निषेधाज्ञा
-
मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक, के–के छन् नयाँ व्यवस्था (पूर्णपाठसहित)
-
पशुपतिमा चुस्त सुरक्षा व्यवस्थापन : महँगा गहना लगाएर नआउन अनुरोध