सेन्ट्रल अफ्रिकन रिपब्लिकमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली
सोमबार, ०८ पुस २०८१, १४ : ४६

काठमाडौँ । युनाइटेड नेसन्स मुल्टिडाइमेन्सनल इन्ट्रिगेटेड स्टेबलाइजेसन मिसन इन द सेन्ट्रल अफ्रिकन रिपब्लिकमा तैनाथ लाइट इन्फेन्ट्री बटालियन (एलआईबी) अन्तर्गत श्री महावीर गण (रेञ्जर) (शान्ति सेना) दोस्रो डफ्फा बदली भएको छ ।
त्यसका लागि सेनानी हुपेन्द्र लाल रेग्मीको नेतृत्वमा श्री युद्धभैरव गण (शान्ति सेना) तेस्रो डफ्फाका २२५ जना नेपाली शान्ति सैनिकहरूको अन्तिम टोली संयुक्त राष्ट्रसंघको चार्टड विमानद्वारा आइतबार मिसन इलाकातर्फ प्रस्थान गरेका हुन् ।
यसअघि सोही मिसनमा आफ्नो कार्यकाल सम्पन्न गरी प्रमुख सेनानी प्रज्वल थापाको नेतृत्वमा दोस्रो डफ्फामा कार्यरत २२५ जना शान्ति सैनिकहरू पुस ७ गते नै स्वदेश फिर्ता भएका छन् । हाल सो मिसनमा नेपाली सेनाका १ हजार २४४ जना शान्ति सैनिकहरू कार्यरत छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आज विदेशी मुद्राको दरभाउ, कसको मूल्य कति ?
-
सुनसरी गोली प्रहार घटनामा संलग्न तीन जना पक्राउ
-
१२ बजे, १२ समाचार : शिक्षकलाई विद्यालय फर्कन सरकारको आह्वानदेखि संसदको बजेट अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिससम्म
-
मकालु हिमाल आरोहण गर्ने कान्छी आरोहि शेर्पा सम्मानित
-
मन्त्रिपरिषद्को आह्वानपछि शिक्षक महासंघले के भन्यो ?
-
शिक्षकहरुलाई विद्यालय फर्कन सरकारको आह्वान