आँगनमा पार्किङ गरेको मोटरसाइकल चोरी गरेको आरोपमा किशोर पक्राउ
सोमबार, ०८ पुस २०८१, १४ : ४४

रौतहट । रौतहट चन्द्रपुर नगरपालिका-९ सिंधुरेघाडी निवासी रामकाजी गुरुङले आफ्नै घर आँगनमा पार्किङ गरी राखेको मोटरसाइकल चोरी गरेको गरेको आरोपमा एक जना किशोर पक्राउ परेका छन् ।
गत पुस १ गते बिहान अन्दाजी ४:३० बजेको पार्किङ गरी राखेको रोयल इन्फिल्ड कम्पनीको बा ८२ प ९६२६ नम्बरको बुलेट मोटरसाइकल चोरी भएको थियो ।
इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुर रौतहटबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्दै जाने क्रममा पुस ५ गते चन्द्रपुर नगरपालिका वडा नं.१० छट्टु चौधरीको बाँसघारी भित्र झाडीमा लुकाई राखेको अवस्थामा मोटरसाइलकल फेला परेको थियो ।
प्रहरीले चोरीमा संलग्न रहेको आरोपमा १९ वर्षीय आयुष चौधरीलाई पक्राउ गरेको छ । उनलाई म्याद थप भई अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जानकारी दिएको छ
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालको राजा राजावादी भएन, राजतन्त्रवादी भयो : गगन थापा
-
खेलकुदलाई प्रतिबन्धित औषधिको प्रयोगबाट टाढा राख्न सामूहिक प्रतिबद्धता आवश्यक
-
बागमती नगरपालिकाका निलम्बित मेयर थापाविरुद्ध तेस्रो मुद्दा
-
एमालेमा लाग्दा भड्काउने प्रयास भयो : सुनिता डंगोल
-
४ लाख रुपैयाँको लागुऔषध ट्रामाडोलसहित २ जना प्रहरीकाे नियन्त्रणमा
-
बालेनले उठाए गम्भीर सवाल: सरोज गुरागाईंले गोप्य तरिकाले नक्सा पास गर्नुपर्ने के थियो कारण ?