माओवादीले माग्यो लेखा समिति सभापतिको राजीनामा
![माओवादीले माग्यो लेखा समिति सभापतिको राजीनामा](https://npcdn.ratopati.com/media/news/modi_W914KyuoDU.jpg)
काठमाडौँ । नेकपा माओवादी केन्द्रले लेखा समिति सभापतिको राजीनामा मागेको छ । सोमबार सिंहदरबारमा बसेको लेखा समिति सभापतिको बैठकमा माओवादी केन्द्रका सांसद अमनलाल मोदीले सभापति ऋषिकेश पोखरेलको राजीनामा मागेका हुन् ।
सहकारीमा परिवार जोडिएको र लेखा समितिको सभापति प्रमुख प्रतिपक्षले पाउनु पर्ने भन्दै माओवादीले उनको राजीनामा माग गरेको हो । बैठकमा मोदीले भने,‘सभापतिज्यू माथि प्रश्न छ । सहकारीको विषय तपाईंको परिवारमा जोडिएको छ । प्रश्न उठेपछि यसको बारेमा तपाईंले जवाफ दिनुपर्छ ।’
सभापति पोखरेलकी पत्नी अञ्जला कोइरालासहित २६ जनाविरुद्ध मोरङको धनपालथान गाउँपालिका–३ स्थित उमागौरी कृषि सहकारी संस्थाको रकम अपचलनमा संलग्न आरोपमा मुद्दा दायर गरिएको छ ।
यस्तै बैठकमा सांसद मोदीले लेखा समितिको बैठक धेरै समय पछि बसेको भन्दै आक्रोश व्यक्त गरे । उनले भने,
‘चेक एण्ड ब्यालेन्सको कुरा गर्दा लेखा समितिले हेर्छ । तर, तपाईंको पार्टी सरकारमा छ । लेखा समिति सरकारको छाया बन्ने हो । सारमा यसको बारेमा पुनर बिचार गर्दा राम्रो ।’
सांसद मोदीले सभापति पोखरेलले मार्ग प्रशस्त गरेर चेक एण्ड ब्यालेन्स गर्नुपर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दरबारमार्गको पैदल मार्गमा ग्रेनाइड राख्न सुरु
-
ड्युटीको सिपाही कुट्ने अनेरास्ववियुको नेतालाई उन्मुक्ति
-
प्रधानमन्त्री ओलीलाई पदमुक्त गर्न माग गर्दै सर्वोच्चमा निवेदन दर्ता
-
बाबुराम भट्टराईको राजनीतिक प्रतिवेदन सर्वसम्मत पारित, निर्वाचन प्रक्रिया सुरु
-
सुनसरी र नुवाकोटमा सवारी दुर्घटना, दुई जनाको मृत्यु
-
अब फल्दै गरेको बालीदेखि हुर्किँदै गरेको रूख धितोमा राखेर ऋण लिन सकिने