ओली सरकार निषेधको राजनीतितर्फ अगाडि बढे दुर्घटना निम्तिन्छ : डा.मिनेन्द्र रिजाल
काठमाडौँ । पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता डा.मिनेन्द्र रिजालले केपी ओली नेतृत्वको गठबन्धन सरकारले निषेधको राजनीति गरे देश दुर्घटनामा पर्ने चेतावनी दिएका छन् । नेपाल पत्रकार महासङ्घ प्रतिष्ठान प्रदेशले राजधानीमा गरेको कार्यक्रममा बोल्दै उनले निषेधको राजनीतितर्फ अगाडि नबढ्न सरकारलाई चेतावनी दिएका हुन् ।
‘कांग्रेस एमाले निषेधको राजनीति गर्ने बाटोमा अगाडि नबढोस् । सत्ताले स्वाभाविक रूपमा अलिअलि थिचोमिचो गर्ने काम गर्छ । त्यो मै हुँदा पनि हुन्छ । निषेधको राजनीतितिर गयौँ भने दुर्घटना निम्तिनेछ भन्ने मेरो चिन्ता छ’, उनले भने ।
यस्तै उनले नेपाली कांग्रेस र नेकपा एमालेबिच भएको सात बुँदे सहमति अनुसार अगाडि जान समेत सरकारलाई सुझाव दिएका छन् ।
‘संविधान जारी पछिको ९ वर्षको अभ्यासले संविधान संशोधन गर्नुपर्ने अवस्था देखिएकाले कांग्रेस र एमाले एक ठाउँमा उभिएको हो । कसैको पनि बहुमत नआउने अवस्थाको अन्त्य गर्न दुई दल एक ठाउँमा आउनुपर्छ भन्ने मान्यता राख्ने मान्छे हुँ म’, उनले भने, ‘कांग्रेसको चुनाव चिन्हमा एमालेको उम्मेदवार बनाउनुपर्छ भन्ने पक्षमा गठबन्धन बनाउनुपर्छ भनेको होइन । आगोको पर्खालमा अहिलेको गठबन्धन सरकार छ । मेरा पार्टीको सभापति शेरबहादुर देउवा र एमालेका अध्यक्ष केपी ओली एक ठाउँमा छँदासम्म कसैले यो सरकार हल्लाउन सक्दैन । तर जनतामा निराशा कायमै राखेर सरकार बसिराख्यो भने जे जोगाउने भनेको हो त्यो जोगाउन नसकौँला ।’
यसैगरी रिजालले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी सक्रिय राजनीतिमा फर्किन लागेको विषयमा पनि उनले आपत्ति जनाएका छन् । देशको राष्ट्रपति भइसकेका व्यक्ति कुनै पार्टीको अध्यक्ष भएमा त्यसले राजनीतिक दुर्घटना निम्तने उनले चेतावनी दिए ।
‘देशको राष्ट्रपति भएका व्यक्ति कुनै पार्टीको अध्यक्ष हुन खोजियो भने त्यसले दुर्घटना निम्त्याउँछ । यो गम्भीर विषय हो । डा.रामवरण यादवलाई कांग्रेसले राष्ट्रपति बनाएको हो । तर उहाँ पार्टीमा रहनुभएन । यसतर्फ सबै गम्भीर हुन आवश्यक छ’, रिजालले भने ।
यस्तै आगामी दिनमा कुनै पार्टी वा गठबन्धनको पत्रकार नभइकन काम गर्न सञ्चारकर्मीहरूलाई आग्रह गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारको तीन बुँदे ट्राभल एडभाइजरी : थाइल्याण्ड र कम्बोडियासहितका देशमा जाँदा सावधानी अपनाउनू
-
तारकेश्वर नगरपालिकामा एनएनआईपीएल स्पोर्ट अवार्ड कार्यक्रम
-
मधेसवादी दललाई सहकार्यका लागि हृदयेश त्रिपाठीको आह्वान, वार्ता समिति पनि गठन
-
नेपाल खेल पर्यटनको प्रमुख गन्तव्य बन्नसक्छ : प्रचण्ड
-
मृत्युदण्ड पर्खिरहेका ३७ जनालाई बाइडेनले दिए राहत
-
सातदोबाटोमा जीवनराम भन्दा पहिला प्रहरी पुगेपछि अध्यक्ष पद हत्याउने योजनामा धक्का