काठमाडौँमा दिनदहाडै चोरी
सोमबार, ०८ पुस २०८१, १३ : २७

काठमाडौँ । काठमाडौँ महानगरपालिका-१० मा आइतबार दिउँसो चोरी भएको छ । देवीनगर डेरा गरी बस्ने गुल्मी मालिका गाउँपालिका-८ घर भएका ४३ वर्षीय नरिश्वर पौडेलको कोठामा चोरी भएको हो ।
प्रहरीका अनुसार कोठाबाट नगद १ लाख ५५ हजार रुपैयाँ चोरी भएको छ । प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।