समाचार
बालकोटमा बाबुछोरा मृत अवस्थामा फेला
सोमबार, ०८ पुस २०८१, १३ : २१
_bmLI2gmnNW.jpg)
काठमाडौँ । भक्तपुरको सुर्यबिनायक नगरपालिका–२ स्थित बालकोटमा बाबुछोरा मृत अवस्थामा भेटिएका छन् । सोमबार बिहान फिकाधारा स्थित साढे ३ तले घरमा दुई जना मृत भेटिएका हुन् । मृत फेला पर्नेमा खोटाङको रुपाकोट मझुवागढी नगरपालिका–१ घर भएका ५६ वर्षीय कुलप्रसाद आचार्य र २२ वर्षीय प्रवीण आचार्य छन् ।
४ वर्षदेखि सो घरमा डेरामा बस्दै आएका बाबुछोरा छुट्टाछुट्टै कोठामा मृत भेटिएको जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी ढुण्डीराज नेउपानेले रातोपाटीलाई बताए । बाहिरबाट ताला लगाएको अवस्थामा उनीहरूको शव भेटिएको हो । घटनाबारे प्रहरी वृत्त थिमीले अनुसन्धान गरिरहेको छ ।
उनीहरूमाथि हतियार प्रहार गरेको देखिएको डीएसपी नेउपानेले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पर्सामा अनलाइन जुवा खेलाउने एक जना भारतीय पक्राउ, अदालतबाट ५ दिनको म्याद थप
-
१२ बजे, १२ समाचार : ज्ञानेन्द्रको अभिव्यक्तिले संसदमा तरंगदेखि उर्जामन्त्रीको विरोध गर्ने कर्मचारीलाई हटाउन मन्त्रालयको ताकेतासम्म
-
१२ जना इन्स्पेक्टरको काज, पुल्चोकमा गम्भीरजंग थापा
-
ज्ञानेन्द्रको अभिव्यक्तिले तात्यो संसद् : माओवादी मौन, कांग्रेस–एमालेको प्रतिवाद
-
सशस्त्र प्रहरीकी इन्स्पेक्टर सन्तोषी महत मृत फेला, डीआईजीको नेतृत्वमा छानबिन समिति
-
प्रवास एसियामा माओवादी अभियान : १० हजार सदस्य थप्ने योजना