वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा गोरखा पालुङटार नगरपालिका-७ च्याङली घर भई काठमाडौँ टोखा ग्रिनल्याण्ड बस्ने २८ वर्षीय किशान कुमाल र खोटाङ दिप्रुङ चुईचुम्मा गाउँपालिका-२ ओख्रे घर भई काठमाडौँ बसुन्धारा बस्ने ३३ वर्षीय युवक खड्का रहेका छन् ।
पक्राउ मध्ये किशानले इजरायल पठाइदिन्छु भन्दै ४ जना पीडितहरूबाट ३३ लाख ५० हजार रुपैयाँ र युवकले मलेसिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट २ लाख ५० हजार रुपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरील किशानलाई काठमाडौँ टेकुबाट शुक्रबार र युवकलाई काठमाडौँ रत्नपार्कबाट शनिबार पक्राउ गरेको हो ।
उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौँ पठाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँ महानगरद्वारा नेसनल हस्पिटललाई एक लाख जरिवाना
-
पछिल्लो २४ घण्टाको विपद् : तीन जनाको मृत्यु, सोह्र जना घाइते
-
‘राजसंस्थाको रेल छुटिसकेको छ अब कहिल्यै फर्किंदैन’
-
आइतबारदेखि सुरु हुने एसिया छनोटको ट्रफी सार्वजनिक
-
फास्ट ट्र्याकमा चिनियाँ ठेकेदारले ठगी गरेको आरोप
-
१० बजे १० समाचार : वीरगञ्जमा झडपपछि कर्फ्यु, ९ ठाउँमा बाटोविनै पुल