नेपालमा श्रमजीवी पत्रकार बन्न सहज छैन : जनार्दन शर्मा
काठमाडौँ । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले नेपालमा श्रमजीवी पत्रकार बन्न सहज नभएको बताएका छन् । नेपाल पत्रकार महासङ्घ प्रतिष्ठान प्रदेशले राजधानीमा गरेको कार्यक्रममा बोल्दै उनले पत्रकारका समस्या समाधानका लागि संसदमा आवाज उठाउने प्रतिबद्धता जनाए ।
‘यहाँ नेता हुन पनि सहज छैन । किसान हुन पनि सहज छैन । वकिल हुन पनि सहज छैन । पत्रकार हुन पनि सहज छैन । कति सहज छ भन्ने कुरा घटनाक्रमबाट तपाईँले देखिराख्नुभएको छ’, उनले भने, ‘हरेक ठुला मिडिया हाउसमा समस्या देखिराखेको उनले यी समस्यालाई संसद्सम्म लैजान मेरो प्रतिबद्धता रहन्छ । हामी नागरिक भएकाले पत्रकार पनि र राजनीतिज्ञ पनि बन्न मिल्छ तर असल पत्रकारकारको नेतृत्व महासङ्घले गरेको छ । पत्रकारका असली प्रधानमन्त्री निर्मलाजी नै हो ।’
उनले सञ्चार क्षेत्रलाई आग्रह र पूर्वाग्रहमा हेर्नु वा आफ्नो स्वार्थमा प्रयोग गर्नु सञ्चार प्रतिको इमानदारिता नभएको बताए । सञ्चार माध्यमबाट भएका गल्ती आफूले पनि भोगेको भन्दै तर आफूले सञ्चार क्षेत्रप्रति आग्रह, पूर्वाग्रह लिने नगरेको स्पष्ट पारे । जो कोहीबाट गल्ती हुनसक्ने भएकाले त्यसलाई इमानदारिताका साथ सच्याएर जान सकिने उनले बताए । समग्र सञ्चार क्षेत्रलाई घटना विशेष वा केही लेखेको आधारमा समाचारको कोणबाट हेर्नु उचित नहुने र न हेरिने शर्माले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सेना र प्रहरीको अस्पताल सर्वसाधारणलाई खुला गर्न कार्यदल गठन
-
नागरिकका लागि खुल्यो चुरियामाई सुरुङमार्ग (तस्बिरहरु)
-
बाजुराका भूकम्प पीडितको पुनर्स्थापना गर्ने कांग्रेस–एमाले संयन्त्रको निर्णय
-
इनफिनिक्सद्वारा बम्पर पुरस्कार हस्तान्तरण
-
पोखरामा ‘वर्ल्डलिंक कार्निभल’ हुने
-
पूर्वाधार विकासलाई आर्थिक उपार्जनसँग जोड्नुपर्छ : मुख्यमन्त्री लामा