एकताबद्ध भएर जानुको विकल्प छैन : सिटौला

काठमाडौँ । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले पार्टी एकताबद्ध भएर जानुको विकल्प नरहेको बताएका छन् । नेपाली कांग्रेस १०० दिने विशेष अभियान अन्तर्गत काठमाडौँ महानगर स्तरीय भेलालाई सम्बोधन गर्दै सिटौलाले देश र जनताको विकासका लागि पार्टीभित्रको मतभेद अन्त्य गर्दै एकताबद्ध भएर जानुको विकल्प नरहेको बताएका हुन् ।
कांग्रेसको नेतृत्वले मात्रै मुलुकमा देखिएका अर्थतन्त्र लगायतका समस्या समाधान गर्न सक्ने उनले बताए । सिटौलाले व्यक्तिगत नभई जनताको स्वार्थसिद्ध गर्नका लागि पार्टीमा आबद्ध भएकाले यसबारे गहन भएर सोच्न कार्यकर्तालाई सुझाव दिए । गएको निर्वाचनमा अन्य दलहरूसँग गठबन्धन गरे पनि आगामी निर्वाचनमा पार्टी एक्लै चुनाव लड्ने भएकाले अहिलेदेखि नै त्यसको तयारी गर्नुपर्ने उनले जोड दिए ।
निर्वाचनमा उम्मेदवार चयनका लागि तल्लो तहबाटै सिफारिस गर्ने कामलाई प्रभावकारी बनाउनुपर्ने उनको भनाई थियो । राजनीतिक क्षेत्रमा जनताको अधिकारका लागि कांग्रेसले गरेको योगदानका बारेमा जनतालाई बुझाउन सक्नुपर्ने उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसियन हाइवे विस्तारले जग्गाधनीको बिल्लीबाठ
-
हावाहुरीका कारण कर्णालीमा विद्युत् सेवा अवरुद्ध
-
महावीरको मार्गदर्शन परिपालन गर्न सकेमा राष्ट्रिय एकता सुदृढ बनाउन सकिन्छ : राष्ट्रपति
-
आज तीन संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
-
बेलहियामा एकीकृत भन्सार जाँच चौकी निर्माणको काम ७१ प्रतिशत सम्पन्न
-
राजदूत घिमिरे र बेलायती सभामुखबिच भेटवार्ता, संसदीय सहकार्यमा जोड