ख्रीष्टमसको अवसरमा राक्सिराङमा २ दिन सार्वजनिक बिदा

हेटौँडा । मकवानपुरको राक्सिराङ गाउँपालिकाले इसाई धर्मावलम्बीहरूले पर्व ख्रिष्टमसको अवसरमा २ दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गाउँपालिकाले एक सूचना जारी गर्दै ख्रिष्टमसको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
इसाई धर्मावलम्वीहरुको उल्लेख्य बसोबास रहेकाले गाउँपालिकामा पुस ९ र १० गते २ दिन सार्वजनिक बिदा दिने निर्णय गरिएको गाउँपालिका अध्यक्ष रजकुमार मल्लले जानकारी दिए ।
उक्त अवधिमा गाउँपालिकाभित्रका सम्पूर्ण सार्वजनिक कार्यालय, सरकारी कार्यालय, शिक्षण संस्थाहरू बन्द रहनेछन् । उनका अनुसार ख्रिष्टमस पर्वले बहुभाषिक, बहुधार्मिक, बहुसाँस्कृतिक, जातीय विविधतायुक्त यस गाउँपालिकाका सम्पूर्ण जनतामा आपसी सद्भाव, सामाजिक एकता र भ्रातृत्व कायम राख्न जरुरी छ ।
ख्रिष्टमसले बन्धुत्व, प्रेम र समताको भावना बढाई शान्त, समुन्नत तथा संवृद्ध राक्सिराङ बनाउन प्रेरणा प्रदान गर्ने उनले विश्वास व्यक्त गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आलुको बोराभित्र लुकाएर ओसार्दै गरेको साढे २९ किलो चरेससहित तीन युवा पक्राउ
-
अमेरिकाले ‘युएसएआईडी’का ८३ प्रतिशत कार्यक्रम रद्द गर्दै
-
विषालु रसायनले भरिभराउ जहाज र तेल ट्याङ्कर ठोक्किदा भयानक दुर्घटना, ३६ जनाको उद्धार
-
रातोपाटी ब्रिफिङ : कुलमानबारे मन्त्रिपरिषद् बैठक अनिर्णितदेखि राजावादीले ‘हल्लाए गणतन्त्रको जग’सम्म
-
निषेधाज्ञाको निर्णयपछि राजेन्द्र लिङ्देनको प्रतिक्रिया– गणतन्त्रको जग हल्लिएछ !
-
अनुचित लेनदेन जाँचबुझ आयोग गठन, चिया विकास बोर्डमा पाण्डे नियुक्त