मस्क अमेरिकाको राष्ट्रपति बन्न सक्लान् ?
वासिङ्टन डीसी । अमेरिकाको राष्ट्रपति चुनावमा पूर्वराष्ट्रपति एवम् रिपब्लिकन उमेदवार डोनाल्ड ट्रम्पलाई जिताउन खर्बपति व्यापारी एलन मस्क निकै लागेका थिए । ट्रम्पको चुनावी अभियानमा उनले ठुलै दान दिएका थिए ।
ट्रम्प राष्ट्रपति बनेपछि मस्क पनि शक्तिशाली बनेका छन् । ट्रम्पको सरकारमा मस्कले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने भएका छन् । यस्तो अवस्थामा आइतबार एक कार्यक्रममा डोनाल्ड ट्रम्पलाई भविष्यमा मस्क अमेरिकाको राष्ट्रपति बन्न सक्छन् ? भनेर सोधिएको थियो ।
यसको जवाफमा ट्रम्पले मस्क कहिले पनि अमेरिकाको राष्ट्रपति बन्न नसक्ने बताए ।
ट्रम्पले बताए यस्तो कारण
एरिजोनाको फिनिक्समा ट्रम्प रिपब्लिकन पार्टीको कार्यक्रममा सहभागी भएका थिए । यस क्रममा उनलाई मस्क अमेरिकाको राष्ट्रपति बन्न सक्छन् भन्ने प्रश्न सोधिएको थियो । यसको सिधा जवाफ दिँदै ट्रम्पले भने, ‘अहँ.....यस्तो हुँदै हुन्न ।’
मस्क अमेरिकामा जन्मिएका होइनन् । अमेरिकी संविधानअनुसार अमेरिकामा जन्मेको व्यक्ति मात्रै अमेरिकाको राष्ट्रपति बन्न सक्छन् । मस्कको जन्म दक्षिण अफ्रिकामा भएको थियो ।
आफ्नो सरकारमा ट्रम्पले सरकारी खर्च नियन्त्रण गर्ने जिम्मेवारी मस्कलाई दिएका छन् । हालै अमेरिकी संसदमा खर्च विधेयक ल्याइएको थियो । ट्रम्पसँगै मस्कले रिपब्लिकन सांसदहरूलाई उक्त विधेयकलाई समर्थन नगर्न धेरै दबाब दिएका थिए ।
विधेयक पारित नहुँदा सरकारी कामकाज नै ठप्प नहुने अवस्था उत्पन्न हुन लागेको थियो । यो घटनाले कयौँ रिपब्लिकन र डेमोक्र्याट सांसदहरूलाई रिसाए ।
केही सांसदहरूले त एक गैरनिर्वाचित नागरिकले सरकारमा यति धेरै शक्तिशाली कसरी हुनसक्छ भन्ने प्रश्न नै उठाए । केही ट्रम्प सरकारलाई गाली गर्दै मस्कलाई ‘राष्ट्रपति मस्क’ समेत भन्न थालेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ऋषिकेशको बचाउमा उत्रिए गोकुल बास्कोटा
-
भक्तपुरमा मृत भेटिएका बाबु छोराको शरीरमा चोट, हत्या भएको आशंका
-
बढ्यो सेयर बजार, परिसूचक २६१२ बिन्दुमा
-
एनपीएलमा उच्छृङ्खल व्यवहार देखाउनेमाथि कारबाही गर्न सांसद यादवको माग
-
ज्योतिषी सुरेशचन्द्र रिजाल अन्तर्राष्ट्रिय ज्योतिष शिरोमणिबाट सम्मानित
-
अनधिकृत समितिलाई कार्यालय र गाडी दिन ऊर्जामन्त्रीको चर्को दबाब