नेपाल प्रिमियर लिग
एनपीएलमा सट्टेबाजी : थप दुई भारतीय पक्राउ
सोमबार, ०८ पुस २०८१, ११ : १२

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल)को फाइनल खेलमा सट्टेबाजी गराएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको उत्तर प्रदेश घर भएका ४७ वर्षीय हरिस जावा र ३८ वर्षका ऋषि मातन छन् ।
उनीहरूलाई टोखा नगरपालिका–३ ग्रान्डी टावर स्थित नेप्चुन अपार्टमेन्टबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले रातोपाटीलाई बताए । प्रहरीले उनीहरूको साथबाट एनसेलको सिम ८ थान, मोबाइल ५ थान र ल्यापटप बरामद गरेको छ ।
उनीहरूले जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्सबिच भएको अन्तिम खेलमा सट्टेबाजी गराएको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ । यसअघि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले एनपीएलमा सट्टेबाजी गराएको आरोपमा ७ जनालाई पक्राउ गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाँच बुँदे सहमतिमा ग्यास उद्योगीहरूले स्थगित गरे आन्दोलन
-
माइक्रोसफ्टले ल्यायो नयाँ एआई टुल, मेडिकल क्षेत्रका लागि वरदान
-
प्रधानमन्त्री कप क्रिकेटको छनोट प्रतियोगितामा मोरङ र झापाको सजिलो जित
-
कार्यव्यवस्था परामर्श समितिको बैठक जारी
-
युट्युबर रणवीर इलाहाबादियालाई आफ्नो पोडकास्ट सुरु गर्न अदालतको अनुमति
-
हत्या आरोपीसँग निकट सम्बन्ध देखिएपछि मन्त्रीको राजीनामा