चिदो चक्रवातका कारण मोजाम्बिकमा ९४ जनाको मृत्यु
सोमबार, ०८ पुस २०८१, १० : ५५

मोजाम्बिक । चिदो चक्रवातका कारण मोजाम्बिकमा ९४ जनाको मृत्यु भएको छ । गएको हप्ता चक्रवातका कारण पहिरो गराएयता आइतबारसम्म त्यहाँ मर्नेको संख्या बढेर सो स्तरमा पुगेको अधिकारीहरूले बताएका छन् ।
राष्ट्रिय जोखिम तथा विपद् व्यवस्थापन संस्था ‘आईएनजीडी’का अनुसार चक्रवातको चपेटामा परेर ७६८ जना घाइते भएका छन् भने अरू ६ लाख २२ हजार जना प्रभावित भएका छन् ।
चिदो चक्रवात डिसेम्बर १५ मा मोजाम्बिक पुगेको थियो । त्यतिबेला यो प्रतिघन्टा २६० किमिका दरले अगाडि बढिरहेको थियो । चक्रवात पुगेको पहिलो २४ घन्टामा त्यहाँ २५० एमएमको वर्षा भएको थियो ।
चिदो चक्रवातले मोजाम्बिक अघि फ्रान्सको मायोट क्षेत्रमा वितण्डा मच्चाएको थियो । त्यसपछि यसले मोजाम्बिक, मालावी हुँदै जिम्बाबेसम्म कहर मच्चाएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रचण्डमा तीव्र निराशा र छटपटाहट देखिन थाल्योः शंकर पोखरेल
-
जादरानले तोडे च्याम्पियन्स ट्रफीको कीर्तिमान
-
एसपिए कैलाली प्रिमियर लिग–३ को उपाधि भिमदत्तले जित्यो
-
एमसीसीसँगै रोकिएका परियोजना अघि बढाउनेबारे सरकारसँग चार विकल्प
-
अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप : फाइनलमा चुक्यो नेपाल
-
मानवमा आत्मिक जागरण अपरिहार्य : प्रदेश प्रमुख भट्ट