भन्सार विभागको रिपोर्ट
पाँच महिनामा ५ खर्ब ८७ अर्ब व्यापार घाटा
सोमबार, ०८ पुस २०८१, १० : ४८

काठमाडौँ । चालु आर्थिक वर्ष २०८१/८२ को पाँच महिनामा नेपाललाई ५ खर्ब ८७ अर्ब ८२ करोड रुपैयाँ व्यापार घाटा भएको छ । भन्सार विभागको तथ्यांकअनुसार साउनदेखि मंसिरसम्म ६ खर्ब ६१ अर्ब ४८ करोड ८५ लाख रुपैयाँको वस्तु तथा सेवा आयात भएको छ ।
यही अवधिमा नेपालले जम्मा ७३ अर्ब ६५ करोड ९७ लाख रुपैयाँको सामग्री निर्यात गरेको छ ।
आयात गत आर्थिक वर्षको पाँच महिनाको तुलनामा ३ प्रतिशत बढी हो भने निर्यात १६.५४ प्रतिशत बढी हो । पाँच महिनामा नेपालले कुल ७ खर्ब ३५ अर्ब १४ करोड ८३ लाख रुपैयाँको वैदेशिक व्यापार गरेको छ । यो गत आवको पाँच महिनाको तुलनामा ४.२१ प्रतिशत बढी हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वार्ताका लागि शिक्षकहरूको पर्खाइमा शिक्षामन्त्री
-
रुपन्देहीको बेथरी मर्चवर सडक निर्माण अन्तिम चरणमा
-
भेरी अस्पतालको ओपिडी सेवा सञ्चालनमा
-
क्रियाशील सदस्यता नवीकरण गर्न कांग्रेसले दियो वैशाख मसान्तसम्मको समय
-
शाखा अधिकृत भट्टराईविरुद्धको भ्रष्टाचार मुद्दामा अख्तियारद्वारा सर्वोच्चमा पुनरावेदन
-
राजनीतिक दलहरू खत्तम भन्ने भाष्य निर्दलीयहरूको धन्दा हो: उपमहासचिव बस्नेत