रौतहटमा १ वर्षमा मानव अधिकार उल्लंघनका ५६५ घटना
रौतहट । रौतहटमा पछिल्लो १ वर्षको अवधिमा मानव अधिकार उल्लंघनका ५६५ वटा घटना भएको एक प्रतिवेदनले देखाएको छ। जिल्लामा २०८० पुस १७ देखि २०८१ पुस ३ गते सम्मको अवधिमा ती घटना भएको मानव अधिकार क्षेत्रमा काम गर्ने संस्था इन्सेकले तथ्याङ्क सार्वजनिक गरेको हो।
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ प्रकाशन पूर्व वार्षिक समीक्षा कार्यक्रममा आइतबार गरुडा नगरपालिकाको सभा हलमा रौतहट इन्सेककी प्रतिनिधि गौरी न्यौपानेले प्रतिवेदन सार्वजनिक गरेकी थिइन्। बाल अधिकार अन्तर्गत बलात्कार ,यौन दुर्व्यवहार, महिला अधिकार अन्तर्गत वैवाहिक बलात्कार, बलात्कार र यौन दुर्व्यवहारका घटनाहरू जातीय छुवाछूत, बोक्सीको आरोप, कुटपिट, अमानवीय व्यवहार, गोली प्रहार, परिवारजनबाट हत्या , अपहरण तथा शरीर बन्धक गरि बलात्कार घरेलु हिंसा आत्महत्या दुरुत्साहन पत्रकार माथि कुटपिट तथा दुर्व्यवहार गरि कुल ५६५ घटनाहरू भएको प्रतिवेदनमा उल्लेख गरिएको छ।
इन्सेक रौतहट र गरुडा नगरपालिकाको सहकार्यमा भएको समीक्षा कार्यक्रमका सहभागीहरूले हिंसाका यस्ता घटनाहरू न्यूनीकरणका लागि सचेतनामूलक कार्यक्रम आवश्यक रहेको बताएका थिए । वक्ताहरूले मानव अधिकार उल्लंघनका घटनाहरूको न्यूनीकरण गर्नको लागि सचेतनामूलक कार्यक्रम मात्र नभई मान्छेमा भएको सोच चिन्तन परिवर्तन हुनु पर्नेमा जोड दिँदै हिंसाका घटना हरूको नियन्त्रणको लागि सम्बन्धित निकायहरूले आ आफ्नो स्थानबाट सचेतनामूलक कार्यक्रम र सडक नाटक गर्न सकिने विचार राखेका थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ऋषिकेशको बचाउमा उत्रिए गोकुल बास्कोटा
-
भक्तपुरमा मृत भेटिएका बाबु छोराको शरीरमा चोट, हत्या भएको आशंका
-
बढ्यो सेयर बजार, परिसूचक २६१२ बिन्दुमा
-
एनपीएलमा उच्छृङ्खल व्यवहार देखाउनेमाथि कारबाही गर्न सांसद यादवको माग
-
ज्योतिषी सुरेशचन्द्र रिजाल अन्तर्राष्ट्रिय ज्योतिष शिरोमणिबाट सम्मानित
-
अनधिकृत समितिलाई कार्यालय र गाडी दिन ऊर्जामन्त्रीको चर्को दबाब