रियल मड्रिड ला लिगाको दोस्रो स्थानमा, बार्सिलोना झन् तल ओर्लियो

काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिड दोस्रो स्थानमा उक्लिएको छ । आइतबार राती घरेलु मैदानमा भएको खेलमा म्यानयुले सेभियालाई ४-२ को अन्तरले हराउँदै रियल मड्रिड अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको हो ।
रियल दोस्रोमा उक्लिएसँगै शीर्षस्थानबाट पछारिएको बार्सिलोना थप एक स्थान तल तेस्रो स्थानमा पुगेको छ । रियलको पहिलो खाता केलियन एम्बाप्पेले खाता खोले भने भालभार्डी, रोड्रिगो र ब्राहिम डाएजले थप गोल गरे ।
पाहुना टोलीका रोमेरो र लुकेबाकियोले गोल फर्काए । जितसँगै रियलले शीर्ष स्थानको एटलेटिको मड्रिडसँग अंकदुरी छोट्याएको छ ।
शीर्षस्थानको एटलेटिकोको १८ खेलबाट ४१ अंक हुँदा रियलको ४० अंक छ । यस्तै, तेस्रो स्थानमा झरेको बार्सिलोनाको १९ खेलबाट ३८ अंक छ । यस्तै, ला लिगामै लस पल्मसले स्पानियोललाई १-० ले हराउँदा भ्यालेन्सिया र डेपोर्टिभो अलाभेसले २-२ को बराबरी खेल्दै अंक बाँडे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘नरसिंहा: अवतार’ मा पुरानो हिट गीत ‘अच्छा लेकिन’ नयाँ स्वादमा
-
साझेदारी ‘मोडल’मा परिवार योजना शिविरः अझै परिवार नियोजनका साधनमा पहुँच पुर्याउन चुनौती
-
पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति रिक्त, सर्च कमिटी नै बन्न सकेन
-
राष्ट्रपतिद्वारा सङ्घीय संसद्को अधिवेशन आह्वान
-
कर्णालीका शिक्षामन्त्रीले संघीय सरकारलाई भने, ‘शिक्षकका जायज माग सम्बोधन गरेर आन्दोलनबाट फर्काउनुस्’
-
नेप्से ९.७५ अंकले वृद्धि, कारोबार घट्यो