प्रिमियर लिगमा म्यान्चेस्टर युनाइटेडको खराब लय जारी, घरेलु मैदानमै हार
सोमबार, ०८ पुस २०८१, ०२ : १०

काठमाडौं । इंग्लिश प्रिमियर लिगमा म्यान्चेस्टर युनाइटेडको खराब लय जारी छ । आइतबार राती घरेलु मैदानमा भएको खेल समेत म्यानयुले सस्तैमा गुमाएको छ । घरेलु मैदानमा बर्नमथले म्यानयुलाई ३-० ले स्तब्ध तुल्यायो ।
एएफसी बर्नमथलाई विजयी गराउन डीन हुइजसेन, जस्टिन क्लुइवर्ट र एन्टोनी सेमेन्योले गोल गरे । म्यानयुले पाएको एक दुईटा अवसर समेत खेर फाल्यो । जितपछि बर्नमथ अंक तालिकाको पाँचौ स्थानमा उक्लिएको छ भने हारेको म्यानयु १३ औं नम्बरमा पुगेको छ भने गोल डिफ्रेन्सपनि ऋणात्मक भएको छ ।
प्रिमियर लिगमै भएका अन्य खेलमा रेलिगेशन जोनको वुल्भ्सले लेस्टर सिटीलाई ३-० ले हराउँदा फुलहम र साउथह्याम्पटन तथा एभर्टन र चेल्सीले गोलरहित बराबरी खेल्दै अंक बाँडे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
होलीमा उच्छृङ्खल गतिविधि गर्ने ५५ जना प्रहरीको पञ्जामा
-
सोल्मा वडाकप पुरूष फुटबलको उपाधि महादेवस्थानलाई
-
समाजवादीको राष्ट्रिय कार्यकर्ता भेलाको सम्पूर्ण तयारी पूरा
-
१२ बजे, १२ समाचार : सुप्रिम सहकारी ठगीमा रवि र छविको मुद्दा एकैसाथ हेरिनेदेखि एनआरएनएको विवादास्पद कार्यक्रममा सांसदसम्म
-
सुनसरीमा ट्र्याक्टरको ठक्करबाट एक जनाको मृत्यु
-
राष्ट्रसङ्घको ‘इरान लक्षित’ बैठकबारे सोधपुछका लागि युरोपेली कूटनीतिज्ञलाई पत्राचार