प्रहरी हिरासतमा सुतिरहेका रविको फोटो खिचेर भाइरल बनाउने निकोलस काठमाडौंबाट पक्राउ
काठमाडौं । सहकारी ठगी, संगठीत अपराध एवं सम्पत्तिशुद्धीकरणको अभियोगमा प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने थुनुवा कक्षमा सुतिरहेको फोटो खिचेर सार्वजनिक गर्ने डा. निकोलस भुसाल पक्राउ परेका छन्।
भुसाललाई आइतबार अबेर काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले थलीबाट पक्राउ गरेको एसएसपी सानुराम भट्टराईले जानकारी दिएका छन् । अपराध अनुसन्धान कार्यालय प्रमुख भट्टराईका अनुसार थप अनुसन्धानका लागि भुसाललाई सोमबार पोखरा पठाउने तयारी छ ।
भुसालले लामिछानेको फोटो आफूले प्रहरीको सीसीटीभीबाट खिचेको यसअघि नै स्वीकार गरिसकेका छन् । गएको शनिबार भेट्न जाँदा लामिछाने सुतिरहेका बेला प्रहरीको सीसीटीभीमा देखेपछि आफूले फोटो खिचेको भुसालले बताएका छन् ।
लामिछाने पक्राउ परेदेखि कास्की प्रहरीले कार्यालयमा कुनै पनि प्रयोजनका लागि आउने सेवाग्राहीलाई मोबाइल लैजान रोक लगाएको बताइए पनि भुसालले प्रहरीको गेटभित्रै रहेको सिसिटीभीमा रवि लामिछाने सुतेको देख्नासाथ फोटो खिचेको बताइएको छ ।
मोबाइलबाट खिचेको फोटो आफूले फेसबुकमा पोस्ट गरेपछि रास्वपा कार्यकर्ताले भाइरल बनाएको र आफू रास्वपाको सदस्य नभएको भुसालले बताउने गरेका छन् । पहिल्यै फोटो खिचिसकेका उनले भित्र लामिछानेलाई भेट्न जाँदा भने मोबाइल प्रहरीलाई बुझाएको समेत बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्दिबास मेडिकल कलेजः जग्गाप्राप्ति अनिश्चित
-
ताप्लेजुङमा धान उत्पादनमा वृद्धि
-
किसुन’जीको १०१औं जन्मजयन्ती, विभिन्न कार्यक्रम गरी मनाइँदै
-
अमेरिकी डलरको भाउ स्थिर, युरो, साउदी रियाल, कुवेती दिनारको मूल्य बढ्यो, कसको कति ?
-
आठ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दर्ता
-
रियाल मड्रिड ला लिगाको दोस्रो स्थानमा, बार्सिलोना झन् तल ओर्लियो