ताइवानलाई अमेरिकी सहयोगपछि चीनले भन्यो- अमेरिका आगोसँग खेलिरहेको छ
_ADU0RQavV5.png)
ताइवान । ताइवानलाई प्राप्त नयाँ अमेरिकी सैन्य सहायताप्रति चीनले कडा प्रतिक्रिया दिएको छ। चीनले यसलाई अमेरिकाको ‘एक चीन’ सिद्धान्तको विरुद्ध रहेको भन्दै अमेरिका आगोसँग खेलिरहेको चेतावनी दिएको छ ।
अमेरिकाले शुक्रबार ताइवानलाई ५७१.३ मिलियन डलरको नयाँ सैन्य सहायता घोषणा गरेको थियो । त्यस्तै ताइवानलाई २९ करोड ५० लाख डलरको हतियार बेच्न पनि स्वीकृति दिएको छ ।
यसबारे चिनियाँ विदेश मन्त्रालय र राज्य परिषद्को ताइवान मामिला कार्यालयले आइतबार अमेरिकाको आलोचना गरेको छ। चीनको रक्षा मन्त्रालयले पनि ताइवानलाई हतियार बिक्री र आर्थिक सहायताको निन्दा गरेको छ।
चीनको आधिकारिक पत्रिका ग्लोबल टाइम्सका अनुसार चिनियाँ स्टेट काउन्सिलको ताइवान मामिला कार्यालयका प्रवक्ता सु फेङ्गलियनले आइतबार अमेरिकाले ताइवानलाई कुनै पनि रूपमा हतियार उपलब्ध गराउने चीनको पूर्ण विरोध रहेको बताए।
तर, अमेरिकाले ताइवानलाई हतियार बेचेको यो पहिलो पटक भने होइन । अमेरिकाले विगतमा पनि ताइवानलाई हतियार दिँदै आएको छ ।
काउन्सिल फर फरेन रिलेसनमा प्रकाशित प्रतिवेदन अनुसार सन् १९५० देखि २०२२ सम्म अमेरिकाबाट सबैभन्दा बढी हतियार प्राप्त गर्ने पाँच देशमध्ये ताइवान एक हो। यो सूचीमा साउदी अरेबियाको नाम पहिलो स्थानमा छ भने चौथो नम्बरमा ताइवानको नाम छ। दोस्रो र तेस्रो स्थानमा इजरायल र जापान रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्पेनी प्रशिक्षक गोलानले नेपाली स्क्वास खेलाडीलाई प्रशिक्षण दिने
-
नेपालको अटोमोटिभ कोटिङ बजारमा निप्पोन पेन्टको प्रवेश
-
त्रिवि केन्द्रीय क्याम्पसमा मतदान सम्पन्न, आजै नतिजा आउने
-
तीनकुने घटनाको ‘मुख्य जिम्मेवार’ ज्ञानेन्द्र भएको निष्कर्ष, कारबाहीको कानुनी आधार के ?
-
अखिल नेपाल किसान महासंघको महाधिवेशन आयोजक कमिटी गठन
-
तीनकुने घटनाको निसानामा परेका मिडियाको पक्षमा निर्णय लिन सरकारलाई सातदिने अल्टिमेटम