इन्डो–नेपाल मुवाँथाई : सुमित्रा र रिना विजयी
आइतबार, ०७ पुस २०८१, १९ : ५३
![इन्डो–नेपाल मुवाँथाई : सुमित्रा र रिना विजयी](https://npcdn.ratopati.com/media/news/5_sm6wsE9mHP.jpg)
काठमाडौँ । सुमित्रा नगरकोटी र रिना माझी इन्डो–नेपाल मुवाँथाई प्रतियोगितामा विजयी भएका छन् । भारतको त्रिपुरामा भएको वान भर्सेस वान फाइटमा दुवैले जित हात पारेको नेपाल राष्ट्रिय मुवाँथाई संघका अध्यक्ष गणेशलाल कक्षपतिले जनाएका छन् ।
सुमित्राले महिला ५८ केजी तथा रिनाले महिला ४४ केजी तौलसमूहमा प्रतिस्पर्धा गरेका थिए । सुमित्रा र रिना बाहेक प्रतियोगितामा ४ पुरुष खेलाडीले पनि प्रतिस्पर्धा गरेका थिए ।
पुरुष ५२ केजीमा सञ्जय राई, ५५ केजीमा निरोज नगरकोटी, ६० केजीमा अकेश केसी र ६३ केजीमा पेम्बा छिरिङ तामाङ पराजित भए ।