गुगल म्याप हेरेरै प्रहरीले सुल्झाए हत्याको घटना
म्याड्रिड । स्पेनमा प्रहरीहरूले गुगल म्याप हेरेर हत्याको घटना सुल्झाएका छन् । ३३ वर्षका एक जना क्युबेली पुरुषको शव स्पेनको काष्टिल एन्ड नियो प्रान्तको एक सहरमा भेटिएको थियो ।
संक्षिप्त नाम जेएलपीओ नाम गरेका ती पुरुष स्पेनमा काम गरिरहेकी आफ्नी पत्नीलाई भेट्न आएका थिए । स्पेनमा आउने बित्तिकै उनको मोबाइलबाट आफन्तहरूलाई अजीब–अजीब खालको टेक्ष्ट म्यासेज आउन थाल्यो ।
स्पेनमा आफूले एक महिलालाई भेटेको र फोन फ्याक्ने योजना बनाएको भनेर एउटा म्यासेजमा भनिएको थियो । बिस्तारै उनले खोज खबर नै गर्न छाडे । म्यासेज पठाउन बन्द भयो । आफन्तहरूले पनि उनी हराए भन्ने सोचे । गएको वर्ष ताजुएको चिहानमा जेएलपीओको शरीरको एउटा हिस्सा भेटियो । त्यो बेलादेखि नै अनुसन्धानकर्ताहरूले उनको हत्याको रहस्य सुल्झाउन कोसिस गर्न लागे ।
उनको निर्मम हत्यामा श्रीमतीकै संलग्नता रहेको हुन सक्ने स्पेनी प्रहरीको आशंका थियो । तर यसलाई पुष्टि गर्ने कुनै प्रमाण थिएन । अनुसन्धानका क्रममा प्रहरीले मृतककी श्रीमती स्थानीय पुरुषसँग सल्किएको र दुवैले मिलेर श्रीमानलाई पन्छाउने योजना बनाएको संकेत पाइयो । जेएलपीओको फोन ट्रयाक गर्दा उनी बेपत्ता बनेपछि पनि उनको फोन श्रीमती आसपास रहेको हुन सक्ने देखियो ।
यस घटनाका पुरुष संदिग्धले बयान दिन आनाकानी गरेपछि प्रहरीको शंका झनै बढ्यो । यो मामिलालाई पुष्टि गर्न स्पेनी प्रहरीले महिनौं संघर्ष गरिरहे । तर सकेका थिएनन् ।
यसैबिच गुगल म्याप्सले एपमा अपडेट गर्यो । एपडेटपछि मुख्य संदिग्ध ठानिएको पुरुषले सेतो लिनेन कपडामा बेरेर रातो रोभरमा ठुलो गुन्टा लोड गरेको तस्बिर एउटा गुगल कारले खिच्यो । गुगल कार ती पुरुष भएर अगाडि बढ्दै गर्दा उनको ढाड क्यामरापट्टी फर्किएको थियो । तर उनी त्यही पुरुष हुन् भन्ने यकिन गर्न सकिने अवस्था थिएन ।
तर सोही कारले संदिग्धलाई ताजुएकोको मुख्य सडकमा सोही ठुलो प्याकेजलाई ह्विलब्यारोमा हालिरहेको अवस्थामा अगाडिबाट क्याप्चर गर्यो । अनुसन्धानकर्ताहरूलाई खट्केको एउटै कुरा यही थियो कि रातो कारको आसपास ह्विलब्यारो देखिएको थिएन । तर यी दुई कडीलाई जोड्दै जाँदा प्रहरीले मुख्य संदिग्ध नै हत्यारा भएको पत्ता लगाए ।
यस घटना जेएलपीओको शरीरको बाँकी हिस्सा कहाँ छन्, उनको हत्यामा कुन औजार प्रयोग गरिएको थियो यो अपराध कहिले भयो भन्ने जस्ता कयौँ प्रश्न अझै पनि अनुत्तरित छन् । तर गुगल म्याप्सको तस्बिर लगायत अहिलेको प्रमाणकै आधारमा हत्यारालाई सजाय दिन सकिनेमा प्रहरी विश्वस्त छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एनआरएनएको एकता महाधिवेशन गराउन भन्दै अघि बढे घले, कार्यविधि पारित
-
बढुवा भएका २५ एसएसपीलाई दर्ज्यानी चिन्ह प्रदान
-
भारतमा पुष्पक रेल दुर्घटना : मृत्यु हुनेको संख्या ११ पुग्यो
-
सर्वत्र आलोचनापछि पासाङलाई उपाध्यक्ष बनाउने प्रचण्डको योजना स्थगित
-
अर्शदीप सिंहले रचे इतिहास
-
‘समयसापेक्ष पत्रकारको न्यूनतम तलब निर्धारण हुनुपर्छ’