आईसीसी च्याम्पियन्स ट्रफी र भारत भ्रमणका लागि इङ्ल्यान्डको टोली घोषणा
काठमाडौँ । इङ्ल्यान्ड तथा वेल्स क्रिकेट बोर्डले निकट भविष्यमा आयोजना हुने आईसीसी च्याम्पियन्स ट्रफीका लागि आफ्नो टोलीको घोषणा गरेको छ । च्याम्पियन्स ट्रफी– २०२५ को फेब्रुअरी १९ देखि मार्च ९ तारिखम्म पाकिस्तानमा आयोजना हुँदैछ ।
च्याम्पियन्स ट्रफीका लागि इङ्ल्यान्डले १५ सदस्यीय टोलीको घोषणा गरेको हो । च्याम्पियन्स ट्रफीका लागि घोषणा गरिएको इङ्ल्यान्डको टोलीले नै भारतविरुद्ध एकदिवसीय शृंखला पनि खेल्ने समाचारमा जनाइएको छ ।
च्याम्पियन्स ट्रफी र भारत भ्रमणका लागि घोषित इङ्ल्यान्डको टोलीमा जस बट्लर (कप्तान), जो रुट, जोफ्रा आर्चर, गस एट्किन्सन, ज्याक बेथेल, ह्यारी ब्रुक, ब्राइडन कार्स, बेन डकेट, जेमी ओवर्टन, जेमी स्मिथ, लियाम लिभिङ्स्टोन, आदिल रसिद, सकिब महमुद, फिल साल्ट र मार्क उड रहेका छन् ।
दुई चिर प्रतिद्वन्द्वी भारत र पाकिस्तानबिचको बिबादका कारण च्याम्पियन्स ट्रफीको खेल तालिकामा भने प्रभाव परिरहेको छ । आईसीसीले हालसम्म खेल तालिका सार्वजनिक गर्न सकेको छैन । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले च्याम्पियन्स ट्रफी खेल्न आफ्नो टोली पाकिस्तान नपठाउने अडान लिएपछि बिबाद सुरु भएको थियो ।
आईसीसीका लागि पनि यो बिबाद अहिले ठुलै टाउको दुःखाईको विषय बनेको छ । भारतले आफ्नो भूमिमा च्याम्पियन्स ट्रफी नखेले आफूले पनि भारतीय भूमिमा कुनै पनि प्रतियोगिता नखेल्ने अडान पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले पनि कायम राखेको छ ।
आईसीसीले च्याम्पियन्स ट्रफीको खेल तालिका सार्वजनक नगरे पनि तयार अवस्थामा रहेको समाचारमा जनाइएको छ । आईसीसीले तयार पारेको सोही खेल तालिकालाई अहिले सञ्चारमाध्यमले बाहिर ल्याएका छन् ।
उक्त खेल तालिका अनुसार, आगामी च्याम्पियन्स ट्रफीमा भारत र पाकिस्तानबिचको खेल फेब्रुअरी २३ तारिखमा खेलाइने छ । भारत र पाकिस्तानबिचको भिडन्त ‘न्यूट्रल भेन्यू’ मा खेलाइने छ । च्याम्पियन्स ट्रफीको उद्घाटन खेल भने आयोजक पाकिस्तान र न्युजिल्यान्डबिच खेलिने छ ।
भारतीय टोलीले फेब्रुअरी २० तारिखमा बंगलादेशसँग, फेब्रुअरी २३ तारिखमा पाकिस्तानसँग र मार्च २ तारिखमा न्युजिल्यान्डसँग समूहगत चरणको खेल खेल्नेछ । भारतले आफ्नो सम्पूर्ण खेल सम्भवतः ‘न्यूट्रल भेन्यू’ का रुपमा दुबईमा खेल्नेछ । आयोजक राष्ट्र पाकिस्तानले भने फेब्रुअरी २७ तारिखमा बंगलादेशसँग भिडन्त गर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उद्यम गर्न चाहनेलाई हलेसी तुवाचुङ नगरपालिकाले निर्ब्याजी ऋण दिने
-
‘सार्क नेपालका लागि अपरिहार्य संगठन हो’
-
‘सार्कले गर्दा नेपाललाई केही फाइदा हुँदैन, बरु बीबीआईएन ठिक छ’
-
सैफलाई अस्पताल पुर्याउने अटो चालकलाई बक्सिस दिँदै मिका सिंह
-
संन्यास लिन लागेकी हुन् रश्मिका मन्दानाले ?
-
फूल ‘एक्सन’मा ट्रम्प, सीमामा पठाए १५०० सिपाही