छविलालको बयान : जीबी र रविले टिभी खोल्ने प्रस्ताव ल्याएका हुन्

काठमाडौँ । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पूर्व डीआइजी एवम् गोरखा मिडियाका लगानीकर्ता छविलाल जोशीले आफूलाई जीबी राई र रवि लामिछानेले टेलिभिजन खोलौँ भनेर प्रस्ताव ल्याएपछि तयार भएको बयान दिएका छन् । जिल्ला अदालत कास्कीमा दर्ता भएको अभियोगपत्रका अनुसार उनले आफू र जीवी सुरुमा ५०/५० प्रतिशतको शेरयधनी भएको तर लामिछाने तत्कालीन समयमा बाहिर भएकाले पछि १५ प्रतिशत शेयर लिई जोडिएको उनले बयानमा भनेका छन् ।
उनले पछि आफू सम्पूर्ण दायित्वबाट अलग भएर जीबीलाई नै सुम्पिँदै बाहिरिएकाले आर्थिक विषयमा केही पनि जानकारी नभएको दाबी गरेका छन् ।
‘सम्पूर्ण दायित्व र जिम्मेवारीबाट अलग हुने गरी अन्य व्यक्ति नभई कम्पनीको संस्थापक शेयर होल्डर एवं कार्यकारी अध्यक्ष गितेन्द्रबाबु राईलाई नै सुम्पिई उक्त कम्पनीबाट बाहिरिएको हुँ ’ छविले बयानमा भनेका छन्– ‘कम्पनीको आर्थिक कारोबारमा कुनै पनि हस्तक्षेप, तर्क वितर्क, प्रश्न उत्तर कसैले नगर्न नपाउने सम्मको अधिकार लिएर गितेन्द्रबाबु राईले एकलौटी रूपमा टिभी सञ्चालन गर्न लागि मैले छोडेको थिए । ’
गोर्खा मिडिया नेटवर्क प्रालिमा मिति २०७७ चैत ०३ देखि मिति २०७८ माघ ६ गते सम्म गोर्खा मिडिया नेटवर्क प्राइभेट लिमिटेडको नाउँमा २ करोड ३० लाख २९ हजार २ सय ९८, विपिनकुमार आचार्य, शेरबहादुर ठकुल्ला र नेचर हर्व प्रालिको नाउँमा कर्जा देखाई लगेको ४ करोड ८८ लाख ९ हजार २ सय ७१ र सुरेशप्रसाद श्रेष्ठ, यमबहादुर केसी, मोहोमद हसिम मिया, प्रकाश पौडेल, नारायण श्रेष्ठ, आशिष् बिजुक्छेको नाउँमा कर्जा देखाई लगेको ७० लाख गरी जम्मा रु.५ करोड ५८ लाख ९ हजार २ सय ७१ गएको सम्बन्धमा गितेन्द्रबाबु राई र रवि लामिछाने समेतले टिभी खोल्ने प्रस्ताव ल्याएको उनले बयानमा भनेका छन् ।
‘म र गितेन्द्रबाबु राईको ५०/५० प्रतिशत शेयर कायम हुने गरी ५ करोडको पुँजी देखाई मिति २०७७ भदौ १० गते गोर्खा मिडिया नेटवर्क प्राइभेट लिमिटेडको प्रवन्धपत्र नियमावली तयार गरी सम्पूर्ण कागजपत्र कम्पनी रजिस्ट्रारको कार्यालयमा निवेदन साथ पेस गरे गोर्खा मिडिया नेटवर्क प्राइभेट लिमिटेड २०७७ भदौ १४ गते दर्ता भएको हो ’ उनले बयानमा भने– ‘कम्पनीको कार्यकारी अध्यक्ष गितेन्द्रबाबु राई, संस्थापक सञ्चालक म छविलाल जोशी र १५ प्रतिशत शेयर लिई जोडिएका रवि लामिछानेले मिडिया नेटवर्क प्राइभेट लिमिटेड सञ्चालन गर्ने क्रममा कम्पनीलाई आवश्यक पर्ने सम्पूर्ण रकमको व्यवस्था र कर्मचारी छनौटमा समेत मेरो कुनै हात छैन । साथै सहकारीबाट ऋण लिएको विषयमा कुनै माइन्यूट, छलफल वा निर्णयमा मैले सहभागिता वा हस्ताक्षर गरेको छैन ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज होली पर्व, हिमाली तथा पहाडी जिल्लामा हर्षोल्लासका साथ मनाइँदै
-
युरोपीयन युनियनसँग पनि चर्को भन्सार असुल्ने ट्रम्पको घोषणा
-
होलीमा खेलिने रङहरू जस्तै नेपाली समाज पनि विविधतापूर्ण छ : सभापति देउवा
-
होली पर्वमा राष्ट्रपतिको सन्देश : सामाजिक सद्भाव र राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन मद्दत पुग्ने
-
चार दिन यता काठमाडौंंसहित देशभर मौसम गडबडी, आज तीन प्रदेशमा पानी पर्ने
-
तनावपूर्ण मड्रिड डर्बी : एटलेटिकोमाथि नाटकीय जित निकाल्दै रियाल च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा