स्थानीय उत्पादनबाटै आर्थिक उपार्जन र रोजगारी दिन सकिन्छ : मुख्यमन्त्री आचार्य

बुटवल । लुम्बिनी प्रदेश सरकारले स्थानीय उत्पादन बढाउन साना तथा घरेलु उद्योगलाई प्रवर्धन गर्ने नीतिलाई प्राथमिकतामा राखेको छ । स्थानीय वन, जङ्गलमा पाइने कच्चा पदार्थलाई नेपाली कागज बनाउन सदुपयोग गर्न सकिने र त्यसलाई प्रदेश सरकारले प्रवर्धन गर्ने मुख्यमन्त्री चेतनारायण आचार्यले बताए
दाङ जिल्लाको राप्ती गाउँपालिका–४ पिरखुट्टी निवासी उद्यमी डम्बरबहादुर जिसी र राप्ती गाउँपालिकाका जनप्रतिनिधिसँगको भेटमा मुख्यमन्त्री आचार्यले स्थानीय उत्पादन बढाउन साना तथा घरेलु उद्योगलाई प्रवर्धन गरिने बताएका हुन ।
सरकारले पनि स्थानीय उत्पादन बढाउने गरी नीति तथा कार्यक्रम बनाएको समेत उनले बताए । भेटमा उद्यमी जिसीले नेपाली हाते कागज कारखाना स्थापना गरेको, वार्षिक एक करोड बढीको कारोबार गरिरहेको, २० जनालाई प्रत्यक्ष रोजगारी दिएको मुख्यमन्त्री आचार्यलाई जानकारी गराएका थिए ।
स्थानीय स्तरमा उत्पादन भएको नेपाली कागजलाई सरकारी कामकाजको प्रयोगमा ल्याउन उद्यमी जिसीले अनुरोध गरे । स्थानीय स्तरमा उत्पादन भएको नेपाली कागजलाई प्रदेश सरकारले सरकारी कामकाजमा प्रयोगमा ल्याउँदा उद्योगीलाई पनि हौसला थपिने जिसीले बताए ।
उत्पादन भएको नेपाली कागज देशका ठुला सहरमा पुगेको, नेपाली कागज उत्पादन गर्न भ्याई नभ्याई भएको उद्यमीहरूको भनाई छ ।
परिवारका सदस्यले सुरु गरेको घरेलु उद्योगबाट उत्पादन भएको कागजले राम्रो बजार पाइरहेको जिसीले बताए । अब उद्योगलाई स्तरबृद्धि गरेर थप २० जनालाई रोजगारी सृजना गर्ने लक्ष्य रहेको समेत उनको भनाई छ । जिसीको परिवारले २०७९ फागुन १९ गतेबाट ४५ लाखको लगानीमा ‘राप्ती नेपाली हाते कागज कारखाना’ स्थापना गरेर नेपाली कागज उत्पादन गर्दै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
किसानको बक्यौता भुक्तानी गर्न दुग्ध उत्पादक सहकारीको आग्रह
-
घर सजाउने सौखले रोपेको फूल बन्यो आम्दानीको स्रोत
-
१२ बजे, १२ समाचार : ताप्लेजुङमा हट्यो निषेधाज्ञादेखि प्रकृति लम्साल मृत्यु प्रकरणको थप जानकारीसम्म
-
हट्यो ताप्लेजुङमा जारी निषेधाज्ञा
-
मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक, के–के छन् नयाँ व्यवस्था (पूर्णपाठसहित)
-
पशुपतिमा चुस्त सुरक्षा व्यवस्थापन : महँगा गहना लगाएर नआउन अनुरोध