बुधबार, ०९ माघ २०८१
ताजा लोकप्रिय

५ महिनामा देशको व्यापार घाटा ५ खर्ब नाघ्यो

आइतबार, ०७ पुस २०८१, १६ : १७
आइतबार, ०७ पुस २०८१

काठमाडौँ । चालु आर्थिक वर्ष २०८१/८२ को मङ्सिर मसान्तसम्ममा ७ खर्ब ३५ अर्ब १४ करोड बराबरको वैदेशिक व्यापार भएको छ । गत वर्ष यस अवधिमा ७ खर्ब ५ अर्ब ४१ करोड बराबरको वैदेशिक व्यापार भएको थियो । 

जसअनुसार गत वर्षको तुलनामा यस वर्ष ४.२१ प्रतिशतले वैदेशिक व्यापारमा वृद्धि भएको छ । यसैगरी कुल वैदेशिक व्यापारमध्ये ६ खर्ब ६१ अर्ब ४८ करोड बराबरको आयात भएको छ भने ७३ अर्ब ६५ करोड बराबरको निर्यात भएको छ ।

भन्सार विभागको तथ्यांकअनुसार गत वर्षको सोहि अवधिमा ६ खर्ब ४२ अर्ब २० करोड बराबरको आयात भएको थियो भने ६३ अर्ब  २० करोड बराबरको निर्यात भएको थियो ।  गत वर्षको तुलनामा यो वर्ष आयात निर्यात दुवै बढेको छ ।

गत वर्षको तुलनामा चालु वर्ष ३ प्रतिशतले आयातमा वृद्धि भएको छ भने १६ प्रतिशतले निर्यात बढेको छ ।

यसैगरी चालु वर्षमा देशको व्यापार घाटा १.५२ प्रतिशतले बढ्दा ५ खर्ब नाघेको छ । चालु वर्षको ५ महिनामा ५ खर्ब ८५ अर्ब ८२ करोड बराबर वैदेशिक व्यापार घाटा रहेको छ ।

गत वर्षको यसै अवधिमा ५ खर्ब ७९ अर्ब बराबर वैदेशिक व्यापार घाटा रहेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप