पोखरामा यःमरी मेला हुने
आइतबार, ०७ पुस २०८१, १६ : ०९

पोखरा । पोखरामा यःमरी मेला हुने भएको छ । पोखरा महानगरपालिका वडा नम्बर ४ को आयोजनामा पोखराको पुरानो नेवार बस्तीमा पुस १३ गते मेला गर्न लागिएको हो ।
तत्कालीन समयमा राजा सिद्दीनारायण शाहले पोखरामा नेवार बस्ती बसाएका थिए । नेवार समुदायको महत्त्वपूर्ण खानाको रूपमा रहेको यःमरीको मेला गर्न लागिएको हो ।
‘नेवाः संस्कृतिको पहिचानलाई जगेर्ना गर्दै आन्तरिक पर्यटन संरक्षणसँग जोड्न मेला आयोजना गर्न लागेका हौँ,’ वडाध्यक्ष देवकृष्ण पराजुलीले भने, ‘सुन्दा यःमरीलाई नेवार समुदायसँग जोडिन्छ । तर हामीले साझा चाडको रूपमा मनाउन लागेका हौँ ।’
योमरी विशेष चामलको पिठोबाट बनाइएको परिकार हो । विभिन्न आकृतिमा भित्र चाकु, खुवा राखेर यःमरी बनाइन्छ । खासगरी जाडो महिनामा चिसोबाट बच्नको लागि यःमरी खाने गरिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापा गाउँपालिकाका सबै किसान व्यावसायिक मकैखेतीमा
-
पर्यटक खस्किएको बारे समितिको पर्यटन मन्त्रीसँग अनौपचारिक छलफल
-
काठमाडौँमा वर्षाले राहत, तस्बिरहरू
-
खाजा खाने क्रममा चट्याङ लागेर दूधकुमारको घटनास्थलमै मृत्यु
-
अलपत्र काठमाडौँ भ्युटावर, तस्बिरहरू
-
रियलविरुद्ध गोल गर्दै आफूलाई रोनाल्डो र नेमारको हाराहारीमा उभ्याए आर्सनलका राइसले