योनेक्स सनराइज अन्तर्राष्ट्रिय च्यालेन्ज सोमबारदेखि
काठमाडौँ । नेपाल ब्याडमिन्टन संघको आयोजनमा नेपालमा दोस्रो पटक आयोजना हुन लागेको योनेक्स सनराइज नेपाल अन्तर्राष्ट्रिय च्यालेन्ज–२०२४ सोमबारदेखि सुरु हुने भएको छ । पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले प्रतियोगिताको उद्घाटन गर्ने कार्यक्रम रहेको संघले जनाएको छ ।
विश्व ब्याडमिन्टन महासंघ र ब्याडमिन्टन एशियाको स्विकृतीमा आयोजना हुन लागेको योनेक्स सनराइज नेपाल च्यालेन्ज– २०२४ मा नेपालसहित विश्वका पाँच महादेशका २२ देशका खेलाडीको सहभागिता रहने बताइएको छ ।
प्रतियोगितामा नेपालसहित भारत, अमेरिका, थाइल्याण्ड, सिंगापुर, श्रीलंका, बंगलादेश, भियतनाम, क्यानडा, मलेशिया, इन्डोनेशिया, इरान, इटाली, युनाइटेड अवर इमिरेट्स, जाम्बिया, युगान्डा, इङ्ल्यान्ड, न्युजिल्याण्ड, म्यानमार, अस्ट्रेलिया, युक्रेन र जापानका खेलाडी सहभागी हुने छन् ।
च्यालेन्जमा पुरुष तथा महिला एकल, युगल र मिक्स युगल गरी पाँचवटा विधामा प्रतिस्पर्धा हुने संघले जनाएको छ । प्रतियोगितामा एक सय ७४ जना खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । १५ हजार अमेरिकी डलरको पुरस्कार राशी रहेको उक्त प्रतियोगितामा सवै विधाका विजेता, उपविजेता, सेमिफाइनलमा पुग्ने खेलाडी र क्वाटरफाइनलमा पुग्ने खेलाडीहरुले क्रमशः एक हजार दुई सय, सात सय २० डलर, ६ सय र चार सय ८० अमेरिकी डलर पुरस्कार प्राप्त गर्नेछन् । च्यालेन्जलगतै १२ देखि १४ गतेसम्म योनेक्स सनराइज नेपाल जुनियर अन्तर्राष्ट्रिय सेरिज–२०२४ आयोजना हुनेछ । उक्त प्रतियोगितामा नेपालसहित भारत, न्युजिल्यान्ड, मलेशिया, थाइल्यान्ड, इरान र युनाइटेड अरव इमिरेट्सका खेलाडीको सहभागिता रहने छ ।
सिरिजमा पुरुष तथा महिला एकल, युगल र मिक्स युगल गरी पाँच विधामा प्रतिस्पर्धा हुने आयोजकले जनाएका छन् । उक्त प्रतियोगितामा एक सय सातजना खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । च्यालेन्जतर्फ नौ पुरुष र सात महिला तथा जुनियरतर्फ आठ पुरुष र आठ महिला खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।
योनेक्स सनराइज कम्पनी सिंगापुरको मुख्य प्रायोजन रहेको च्यालेन्ज र सिरिजको लागत करिब एक करोड १६ लाख रहेको छ । प्रतियोगिताका लागि आवश्यक बाँकी रकम भने राष्ट्रिय खेलकुद परिषद्, बागमती प्रदेश खेलकुद विकास परिषद्, विभिन्न बैंक तथा सहयोगी संघ संस्थाबाट प्राप्त गरिने जानकारी संघका अध्यक्ष रामजी बहादुर श्रेष्ठले दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : रविलगायत विरुद्ध ४२७ पृष्ठ लामो अभियोगपत्र दायरदेखि सरकारको कार्यशैलीप्रति कांग्रेसभित्र असन्तुष्टिसम्म
-
फाल्गुनन्द गोल्डकप : झापा–११ माथि मच्छिन्द्रको फराकिलो जित
-
नागरिक लगानी कोष र म्याग्दी हाइड्रोपावरबिच सेयर प्रत्याभूति सम्झौता
-
लक्ष्मी सनराइज बैंक र आईएफसीबिच नेपालमा वित्तीय दुरुपयोग समाधान गर्ने बारे साझेदारी
-
ताली बजाएर र भाषण गरेर मात्रै क्रिकेटको विकास हुँदैन : अध्यक्ष चन्द
-
मन्त्रालयको बजेट नगरपालिकाको भन्दा पनि कम हुँदा काम गर्न सकिएन : खेलकुद मन्त्री