आफूलाई भन्दा बढी बिरालोलाई माया गरेपछि श्रीमानविरुद्ध अदालत गइन् महिला
नयाँ दिल्ली । भारतमा अनौठो घटना बाहिरिएको छ । बैंगलुरुमा एक महिला श्रीमानविरुद्ध अदालतमा गएकी थिइन् ।
तर रोचक कुरा के भयो भने न्यायाधीशले महिलालाई उल्टै गाली गरेर घर फर्काइदिए । श्रीमानले आफूलाई भन्दा बढ्ता माया घरमा पालेर राखेको बिरालोलाई गरेको भन्दै नाम नखुलेकी ती महिला अदालतको ढोका ढकढकाउन पुगेकी थिइन् । गुनासोमा श्रीमानविरुद्ध क्रुरता वा उत्पीडनको एउटै आरोप थिएनन् । मुद्दामा महिलाले आफूलाई भन्दा बढी माया श्रीमानले बिरालोलाई गरेको र उनको यस व्यवहारबारे कुरा गर्न खोज्दा जहिले झगडा पर्ने गरेको तर एकअर्काको बेइजतीमा कुरा सकिने गरेको महिलाको गुनासो थियो ।
महिलाले आफूलाई कयौँ पटक बिरालोले आक्रमण गरेको र कोतरेको तर श्रीमानले केही नगरेको गुनासो पनि पोखिन । गुनासो बिहे र सँगै बस्दाको अवस्थाको कथानक भएपनि, आरोपको चुरोमा श्रीमानको घरमा भएको बिरालो रहेको र श्रीमतीलाई भन्दा बढी माया बिरालोलाई गरेको भन्ने मात्रै भएको न्यायाधीस एम. नागाप्रसन्नले बताए । यसबारे असन्तुष्टि पोख्दा हरेक पटक दुईबिच झगडा पर्ने र एकअर्कालाई लाञ्छना लगाएर सकिने गरेको महिलाको चित्तदुखाई भएको गएको हप्ता बैंगलुरुमा याचिकाको सुनवाइमा न्यायाधीशले भनेका थिए ।
महिलाको गुनासोपत्रका अधिकांश अनुच्छेदमा यस्तै कुरा मात्रै थिएँ । मुद्दामा कतै पनि दाइजो मागेको वा श्रीमानले क्रुरता गरेकोबारे उजुरी थिएन । याचिकामा सुनवाइ गरेपछि अदालतले श्रीमानविरुद्ध थप अनुसन्धान नगर्ने फैसला गरेको थियो । यस्तो झिनामसिना कुरालाई लिएर अदालतमा आएको भन्दै न्यायाधीशले महिलालाई उल्टै गाली गरे । यस्तै खालको याचिकाकै कारण भारतको न्याय प्रणालीमा मुद्दाको थुप्रो लागेको उनको भनाई थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्थानीयको विरोधले रेलमार्ग निर्माणको काम रोकियो
-
१२ बजे, १२ समाचार : सरकारले खोस्यो १३ स्थानीय तहका हाकिमको जिम्मेवारीदेखि कांग्रेस सांसद गुरुङलाई पुरानै भ्रष्टाचारले फसादसम्म
-
चीनद्वारा नयाँ उपग्रह प्रक्षेपण
-
बलात्कारपछि हत्या गरेको अभियोगमा पाँच भारतीयलाई मृत्युदण्डको सजाय
-
गोरखामा आगलागी हुँदा तीन घर जलेर नष्ट
-
भक्तपुरमा मोटरसाइकल र कार ठोक्किँदा आमाको मृत्यु, छोरी घाइते