सुरक्षित कारोबार ऐनलाई संशोधन गर्न बनेको विधेयकमाथि दफावार छलफल

काठमाडौँ । प्रतिनिधि सभा अन्तर्गतको अर्थ समिति बैठकमा सुरक्षित कारोबार ऐन,२०६३ लाई संशोधन गर्न बनेको विधेयकमाथि समितिमा दफावार छलफल भएको छ । आइतबार सिंहदरबारमा बसेको बैठकमा उक्त विधेयकमाथि संशोधनकर्तासँग छलफल गरेपछि दफावार छलफल भएको हो ।
छलफलका क्रममा सांसदहरूले चल, अचल र अमूर्त सम्पत्तिलाई समेत धितो सम्पत्तिको रूपमा राख्ने व्यवस्थालाई विधेयकमा स्पष्टताका साथ उल्लेख गर्नुपर्ने बताएका थिए ।
बैठकमा सांसद वर्षमान पुनले शैक्षिक प्रमाणपत्रका आधार बैंकबाट ऋण लिन सक्ने व्यवस्थामाथि थप छलफल गर्नुपर्ने बताए । उनले समाजवाद उन्मुख भन्ने शब्द संविधानमा नै रहेकाले सबै विधेयकमा राख्न आवश्यक नरहेको धारणा राखे ।
त्यस्तै सांसद डा प्रकाशशरण महतले शैक्षिक प्रमाणपत्रका आधार बैंकले ऋण दिने व्यवस्था कानुनमा नै उल्लेख गर्नु उचित नभएको बताए ।
त्यस्तै सांसद पदम गिरिले शैक्षिक प्रमाणपत्र र सीपको प्रमाणपत्रलाई चल सम्पत्तिको रूपमा व्याख्या गर्ने प्रस्ताव राम्रो भएपनि कानुनमा नै त्यस्तो व्यवस्था भएपछि ऋण असुल नहुने अवस्थामा थप कठिनाइ आउन सक्ने जिकिर गरे ।
उक्त विधेयकमा ६ जना सांसदको संशोधन प्रस्ताव परेको थियो । अर्थ मन्त्रालयले २०८० साल फागुन ४ गते उक्त विधेयक राष्ट्रियसभामा दर्ता गरेको थियो । विधेयकले घर, जग्गाबाहेक अन्य चल सम्पत्ति पनि धितो राखेर बैंक तथा वित्तीय संस्थाबाट ऋण लिन सकिने गरी व्यवस्था गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रिमियर लिगमा चेल्सी फेरि हार्यो
-
दोस्रो स्थानको आर्सनललाई घरेलु मैदानमै झट्का
-
महाशिवरात्रि : आकर्षक बनाइँदै पशुपति क्षेत्र
-
१२ बजे, १२ समाचार : फुङलिङमा आन्दोलनरत पक्ष र प्रहरीबीच झडपदेखि कुलमान र उर्जामन्त्री खड्काबीच चुलिँदो विवादसम्म
-
देशलाई समृद्ध बनाउने मुख्य आधार युवा जनशक्ति : स्वास्थ्यमन्त्री पौडेल
-
झापा–११ सेमिफाइनलमा प्रवेश