पूर्वउपराष्ट्रपति पुत्र दीपेश पुन पनि प्रतिवादी

काठमाडौँ । सूर्यदर्शन सहकारीको रकम अपचलन मुद्दामा पूर्व उपराष्ट्रपति नन्द बहादुर पुनका छोरा दीपशेलाई पनि प्रतिवादी कायम गरिएको छ । पुनलाई फरार प्रतिवादी कायम गरेर अदालतमा मुद्दा दायर गरिएको जिल्ला सरकारी वकिल कार्यालय कास्कीकी सहायक जिल्ला न्यायाधिवक्ता शान्तिदेवी शर्माले रातोपाटीलाई जानकारी दिइन् ।
सूर्यदर्शन सहकारीको रकम अपचलन गरेको आरोपमा ८ जना कम्पनीसहित ४४ जनालाई प्रतिवादी कायम गरिएको छ । ५ जनालाई सम्पत्ति जफत गर्ने प्रयोजनको लागि मात्र प्रतिवादी कायम गरिएको सहायक जिल्ला न्यायाधिवक्ता शर्माले बताइन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने पत्नी निकिता पौडेल, पद्मा बन्जाडे जोशी, रोचक जोशी, राधा पछाई र गीता पछाईलाई सम्पत्ति जफत प्रयोजनको लागी प्रतिवादी कायम गरिएको छ ।
कुल प्रतिवादी मध्ये २३ जना फरार छन् । पक्राउ परेका मध्ये ५ जना हिरासतमा र ३ जना कारागारमा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारले जग्गा प्राप्तिसम्बन्धी ऐन संशोधन गर्न माग्यो सुझाव
-
प्रचण्डको किताब सीपीसीलाई उपहार
-
टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा विश्व कीर्तिमान बनाए दीपेन्द्रसिंह ऐरीले
-
‘सडक आन्दोलन व्यवस्था फेर्न होइन, यो दलहरूप्रतिको वितृष्णा हो’
-
स्थानीयको अवरोधले नागढुंगा सुरुङमार्ग निर्माणमा अन्योल
-
पर्सामा लागुऔषध दुर्व्यसनविरुद्धको तीनमहिने अभियान