अमेरिकाले झुक्किएर आफ्नै नेभी पाइलटलाई हान्यो गोली

वासिङटन डीसी । अमेरिकाले लाल सागरमा आफ्नै २ जना नेभी पाइलटमाथि गोली हानेको छ ।
यो घटनालाई अमेरिकाले ‘फ्रेन्डली फायर’ भनेको छ । अर्थात् अमेरिकाले भुलवश आफ्नै पाइलटलाई गोली हानेको हो । दुवै पाइलट जीवितै छन् । दुईमध्ये एक जनालाई सामान्य चोट लागेको बताइएको छ ।
तर यस घटनालाई लाल सागरमा स्थिति कति खतरनाक बन्दै गएको छ भन्ने रूपमा हेर्न थालिएको छ । इरान समर्थित हूथी विद्रोहीहरूले लाल सागरमा जहाजहरूमाथि लगातार हमला गरिरहेका छन् । अमेरिका र यूरोपेली सैन्य गठबन्धले यस क्षेत्रमा गस्ती गरिरहेका छन् । यसका कारण पनि तनाव बढ्दै गइरहेको छ । अमेरिकी सेनाको सेन्ट्रल कमान्डले बताएअनुसार गोलीबारीको समयमा हुथी विद्रोहीहरूलाई निशाना बनाएर हमला गरिएको थियो ।
यस घटनाबारे अमेरिकाले धेरै जानकारी शेयर गरेको छैन । घटनामा गोली लागेको एफ/ए–१८ भर्खरै यूएसएस ह्यारी एस ट्रुम्यान एयरक्राफ्ट क्यारियरबाट उडेको थियो । सेन्ट्रल कमान्डलाई डिसेम्बर १५ मा टु«म्यान मध्य पूर्व छिरेको थाहा थियो । तर सो विमान र क्यारियर लाल सागर थियो भनेर खुलाइएको थिएन । युद्ध मैदानमा जडाज रडार र रेडियो सञ्चार दुबैसँग जोडिएको हुन्छ । यस्तोमा आफ्नै विमानलाई दुस्मनको विमान र मिसाइल भनेर कसरी सोचियो भन्नेबारे स्पष्ट बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टिपरको ठक्करले मनाङमस्र्याङ्दी जलविद्युत् आयोजनामा चिनियाँ कामदारको मृत्यु
-
१२ बजे, १२ समाचार : दुर्गा प्रसाईंको ज्यानको सुरक्षाका लागि आह्वानदेखि सडक विभागका पूर्वमहानिर्देशकले ओगटेको जग्गा जफतसम्म
-
दुर्गा प्रसाईंको ज्यानको सुरक्षाका लागि आह्वान
-
नेपाल प्रहरीले भन्यो–‘दुर्गा प्रसाईंको खोजी हुँदैछ’
-
घाइते हात्ती बस्ती नजिक आउन थाले
-
चीनले गरेको विकास नेपालका लागि प्रेरणा : दिनानाथ शर्मा