जनकपुर बोल्ट्सका समर्थकमाथि नश्लीय व्यवहार गर्नेलाई कारबाही गर्न थापाको माग

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनल खेलपछि जनकपुर बोल्ट्सका समर्थकहरूमाथि भएको नश्लीय र साम्प्रदायिक व्यवहार दुखद भएको बताएका छन् । उनले यस्ता क्रियाकलाप गर्नेलाई तुरुन्त कारबाही गर्न सरकार समक्ष माग गरेका हुन् ।
यस्ता हरकतहरू कुनै पनि बहानामा स्वीकार्य नरहेको उनले बताएका छन् । उनले सामाजिक सञ्जालमा भनेका छन्, ‘जनकपुर बोल्ट्सका समर्थक प्रति केही व्यक्ति र समूहबाट भएको नश्लीय र साम्प्रदायिक व्यवहार निकै दुख लाग्ने खालको छ। मधेसी आयोगले यसको कानुनी उपचार खोज्दै कारबाही गर्न गृह प्रशासनलाई सिफारिस गरेको छ, जुन एकदमै सकारात्मक छ। सरकारले यसमा तुरुन्तै कारबाही अगाडि बढाओस्। यी हरकतहरू कुनै पनि बहानामा स्विकार्न सकिँदैन। No If No But.’
शनिबार भएको फाइनल खेलमा जनकपुर बोल्ट्सले सुदूरपश्चिम रोयल्सलाई ५ विकेटले पराजित गर्दै एनपीएलको उपाधि जितेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतीय जासुसी ड्रोन खसालेको पाकिस्तानको दाबी
-
डाँडामा बसेर लाखौँ कमाउन सम्भव छः गगन थापा
-
विद्युत कटौती पछि स्पेन र पोर्चुगलको अवस्था कस्तो छ?
-
स्वास्थ्य बीमा कार्यक्रमलाई निरन्तरता दिन ४० अर्ब बजेट आवश्यकः मन्त्री पौडेल
-
विभागहरूको सक्रियताले पार्टीलाई गतिशील र ऊर्जा थपेको छः सभापति देउवा
-
अदालतको अवहेलना मुद्दामा सर्वोच्चले माग्यो गगन थापासँग लिखित जवाफ