समाचार
नेपाल एयरलाइन्सको जहाजमा अचेत भेटिएका यात्रुको उपचारका क्रममा निधन
आइतबार, ०७ पुस २०८१, १३ : ५०

काठमाडौँ । नेपाल एयरलाइन्सको जहाजमा अचेत अवस्थामा भेटिएका एक यात्रुको निधन भएको छ । गएराति हङकङबाट काठमाडौँका लागि उडान भरेको नेपाल एयरलाइन्सको जहाजमा सवार यात्रु देउमान लिम्बु अचेत अवस्थामा भेटिएकामा उनको उपचारका क्रममा केएमसी अस्पतालमा निधन भएको नेपाल एयरलाइन्सका प्रवक्ता रमेश पौडेलले रातोपाटीलाई जानकारी दिए ।
गएराति हङकङबाट काठमाडौँका लागि निगमको आरए ४०१ उडान भएको थियो । उनी जहाजमै अचेत भेटिएपछि नजिकको अस्पताल केएमसी लगेपनि गएराति नै अस्पतालले मृत घोषणा गरेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चैत १ गतेदेखि भृकुटीमण्डपमा ‘पुष्प मेला’
-
नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका अध्यक्ष पाँडेद्वारा शपथ ग्रहण
-
धवलागिरिमा एक सय पाँच योजना कार्यान्वयनमा
-
उद्योग व्यवसायीलाई नीतिगत कारणले निरुत्साहित गर्नुहुँदैन : अध्यक्ष ढकाल
-
परराष्ट्रमन्त्री राणा भारत प्रस्थान
-
आरआर क्याम्पसबाट बोहराले स्ववियु निर्वाचनमा स्वतन्त्र रूपमा उम्मेदवारी दिने