बिहीबार, १० माघ २०८१
ताजा लोकप्रिय
कस्तो छ ललितपुरको सावर स्टेसन ? (तस्बिरहरू)
सावर स्टेसन

कस्तो छ ललितपुरको सावर स्टेसन ? (तस्बिरहरू)

आइतबार, ०७ पुस २०८१

काठमाडौँ । चीनको युनानस्थित संस्थाको सहयोगमा ललितपुर महानगरपालिका वडा नम्बर ३ मा सावर स्टेसन सञ्चालनमा आएको छ । हिउँदमा बिहान ७ बजेदेखि बेलुकी ५ बजेसम्म खुल्ने यो सावर स्टेसनमा चिसो- तातो पानीको व्यवस्था छ ।

shower station (1)

‘इनारको पानी फिल्टर गरेर प्रयोग गर्ने गरिएको छ । पानी सबै ल्याब टेस्ट गरेर हामीले सार्वजनिक प्रयोगमा ल्याएको छौँ । कसैलाई पानीले रियाक्सन हुन सक्ने भएकाले हामीले यो कुरा सुनिश्चित गर्नको लागि हरेक वर्ष पानी ल्याबमा परीक्षण गर्ने गरेका छौँ,’ वडा ३ का अध्यक्ष गोपाल महर्जनले रातोपाटीलाई बताए ।

shower station (2)

एक पटकमा ३ महिला र ३ पुरुषले नुहाउन सक्ने यो सावर स्टेसनमा १०० लिटर पानीको ८० रुपैयाँ पर्छ । अहिले यहाँ १००० रुपैयाँको प्याकेजमा १३०० लिटर पानी, पाँच पिस स्याम्पु, साबुन एक, पुनः प्रयोग गर्न नमिल्ने तौलिया एक पाइन्छ ।

shower station (3)

त्यस्तै २००० रुपैयाँको प्याकेजमा ३००० लिटर पानी, १० पिस स्याम्पु, साबुन दुई पिस र पुनः प्रयोग गर्न नमिल्ने तौलिया २ पिस पाइने उल्लेख छ । अर्को ३००० रुपैयाँको प्याकेजमा ५००० लिटर पानी, २० पिस स्याम्पु, ४ पिस साबुन र पुनः प्रयोग गर्न नमिल्ने तौलिया चार पिस पाइन्छ ।

shower station (4)

यसरी यो प्याकेज लिनको लागि सावर कार्ड बनाउन पाइने र त्यस्तो कार्डको समयावधि ६ महिना हुने वडा पत्रमा उल्लेख गरिएको छ । यसका अलावा प्रति बार साबुनको १५, स्याम्पुको ५, एक पटक मात्रै प्रयोग गर्न मिल्ने तौलियाको ८५, पुनः प्रयोग गर्न मिल्ने तौलियाको ४५, सावर क्यापको १०, दाँत माझ्ने ब्रस र टुथपेस्टको ३०, स्क्रबको ८० र सेभिङ मेसिन र क्रिमको सेटको ५० रुपैयाँ पर्छ ।

shower station (6)

चिनियाँ संस्थाले निर्माण सम्पन्न गरे पनि यसको हस्तान्तरण भने भइसकेको छैन । केही महिना भित्र नै हस्तान्तरण हुने अध्यक्ष महर्जनले दाबी गरे । ‘उहाँहरूले हामीलाई हस्तान्तरण गर्न बाँकी छ । उहाँहरूले नेपालमा यो नै पहिलो पटक बनाउनु भएकोले यो अझै परीक्षण कालमा छ । छिट्टै नै यो हस्तान्तरण हुन्छ र हाम्रो स्वामित्वमा आउँछ,’ उनले भने ।

shower station (7)

सावर स्टेसनमा तातो पानीको लागि टर्बो सोलार प्यानल प्रयोग गरिएको छ । छोटो समयमै धेरै पानी तताउन मिल्ने भएकाले पनि यो प्रयोग गरिएको वडाध्यक्ष महर्जनले बताए । ‘हामीले उहाँहरूलाई ठाउँ मात्रै उपलब्ध गरेका हौँ । निर्माणको काम उहाँहरूले गर्नु भएको हो । निर्माणको लागि दिइएको समय सकिनै लाग्दा उहाँहरूले निर्माण सम्पन्न गरेर सञ्चालनमा ल्याउनु भएको हो,’ उनले रातोपाटीलाई बताए ।

shower station (8)

चिनियाँ दूतावासको सहयोग समेत रहेको यो सावर सेन्टर हस्तान्तरण सम्पन्न भएपछि वडाले नै स्वामित्व लिनेछ । अहिले यहाँ दुई सिफ्टमा २ जना कर्मचारी खटिएका छन् भने हस्तान्तरण पछि थप कर्मचारी राखिने वडाध्यक्षले बताए ।

shower station (9)shower station (10)shower station (11)shower station (12)shower station (13)shower station (14)

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया