जनकपुर बोल्ट्सका समर्थकमाथि प्रहार गर्नेलाई कारबाही गर्न आयोगको पत्राचार

काठमाडौँ । मधेशी आयोगले शनिबार जनकपुर बोल्ट्स र सुदुरपश्चिम रोयल्सबीच भएको अन्तिम खेल पश्चात जनकपुर बोल्ट्सका समर्थकहरु माथि सामुहिक रुपमा प्रहार भएको भन्दै त्यस्ता कार्यमा संलग्नलाई यथाशिघ्र पहिचान गरी कानुनी कारवाहीको प्रक्रिया अगाडी प्रहरी प्रधान कार्यालयलाई पत्राचार गरेको छ ।
आयोगले आइतबार प्रहरी प्रधान कार्यालयलाई एक पत्र पठाउदै जनकपुर बोल्ट्सका समर्थकमाथि हातहतियार प्रयोग गरी घाइते बनाउने तथा सामाजिक संजाल मार्फत नश्लीय र रंगभेदी शब्द प्रयोग गर्ने अराजक तथा उदण्ड समुहको तुरन्त पहिचान गरी कानुनी दायरामा ल्याउन निर्देशन दिएको हो ।
आयोगका अध्यक्ष डा विजयकुमार दत्तले यस्ता साम्प्रदायिक तथा सामाजिक सदभाव माथि खलल पुर्याउने घटनाले मधेशी समुदाय प्रति अन्य समुदायको दृष्टि कस्तो रहेको भन्ने कुरा उजागर गरेको बताए । अध्यक्ष डा दत्तले यस्ता घटना प्रति राज्य तथा प्रहरी प्रशासन संवेदनशील नभए सामाजिक सदभाव तथा राज्यको चौतर्फी विकास माथि नकारात्मक असर समेत पर्ने बताए ।
आयोगका सदस्य जीवछ साह सहितको उच्चस्तरीय टोलीले घटनास्थलको स्थलगत निरीक्षण तथा घाइतेहरु संग घटनाको विस्तृत विवरण बुझी अगाडी आयोगले अगाडी अझ सशक्त निर्णय लिने अध्यक्ष डा दत्तले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महिला विश्वकप आयोजनामा इङ्ल्यान्डसहित चार राष्ट्रको संयुक्त दाबी
-
१५ औँ महाधिवेशनमा कांग्रेसको संस्थापन समूह ‘इन्ट्याक्ट’ रहला ?
-
मध्यकालीगण्डकी जलविद्युत् आयोजना निर्माण सुरु
-
माओवादी अभियान : अध्यक्ष प्रचण्डसहितको टोली आज सर्लाही प्रवेश गर्दै
-
बुढानीलकण्ठमा भेला भएकाहरू महाधिवेशनमा एकै ठाउँ रहँदैनन्
-
कराँते महासंघको वार्षिक साधारणसभा बाराको निजगढमा