रक्षापंक्ति बलियो बनाउन आफ्नै पूर्व खेलाडीलाई भित्र्याउँदै रियल म्याड्रिड

काठमाडौँ । आफ्नो रक्षा पंक्तिलाई बलियो बनाउने उद्देश्यसहित स्पेनिस ला लिगा क्लब रियल म्याड्रिडले राफा मारिनलाई भित्राउने तयारी अगाडि बढाएको छ । रियल म्याड्रिडका अध्यक्ष फ्लोरेन्टिनो पेरेजले पनि यो समाचारको पुष्टि गरेका छन् ।
पेरेजका अनुसार आगामी जनवरीमा राफा मारिनलाई क्लबमा भित्राउने गरी तयारी अगाडि बढाइएको हो । स्पेनको यू–२१ राष्ट्रिय टोलीका सेन्टर ब्याक राफा मारिन हाल इटालियन सिरिए क्लब नोपोलीबाट व्यावसायिक फुटबल खेल्छन् ।
२२ वर्षीय राफा मारिन रियल म्याड्रिडकै पूर्वखेलाडी पनि हुन् । उनले सन् २०२१ देखि सन् २०२३ सम्म रियल म्याड्रिडको ‘बी’ टोलीबाट खेलेका थिए । उनी सन् २०२४ मा इटालियन क्लबमा आबद्ध भएका हुन् ।
रियल म्याड्रिडका प्रमुख प्रशिक्षक कार्लो एन्सेलोट्टीले पनि पछिल्लो समय घाइते समस्याका कारण टोलीको रक्षापंक्तिमा समस्या देखिएको बताउँदै आएका छन् । रियल म्याड्रिडमै रहँदा उनले एक सिजन ऋणमा स्पेनिस क्लब आल्भेसबाट पनि खेलेका थिए । आल्भेसमा उनको प्रदर्शन उत्कृष्ट थियो ।
त्यसैले राफा मारिनका लागि नापोलीले एक करोड २० लाख युरो खर्चिएको थियो । पछिल्लो समय अहिले उनको मूल्य दुई करोड २० लाख युरो पुर्याइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महाशिवरात्रिमा पाँच फिल्म : कुनै घोषणा, कुनै फ्लोरमा
-
विद्यार्थीका सिर्जनामा स्वयम्भूका सभ्यता, संस्कृति र सम्पदा
-
९१ वटा कृषि फार्म र सहकारीलाई तीन करोड अनुदान
-
धरानलाई हराउँदै काठमाडौँ फाइनलमा प्रवेश
-
यस्तो देखियो नेपालले हार्दा, तस्बिरहरु
-
राप्रपाको युवा संगठनद्वारा विरोध प्रदर्शन, रामहरि खतिवडाको पुत्ला दहन